― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsस्वारेजको दुई गोलमा स्पोर्टिङले पीएसजीलाई हरायो – KhabarHost

स्वारेजको दुई गोलमा स्पोर्टिङले पीएसजीलाई हरायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पोर्टिङ सीपीले पीएसजीलाई २-१ ले पराजित गरेको छ।
  • स्पोर्टिङका लुइस जेभियर स्वारेजले ७४औं र ९०औं मिनेटमा गोल गरे।
  • स्पोर्टिङ १३ अंकसहित छैटौं र पीएसजी समान अंकसहित पाँचौं स्थानमा छन्।

७ माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित गरेको छ ।

स्पोर्टिङको जितमा लुइस जेभियर स्वारेजले दुवै गोल गरे । पीएसजीका लागि भिचा भरत्सखेलियाले १ गोल गरे ।

स्वारेजले ७४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९औं मिनेटमा भरत्सखेलियाले बराबरी गोल फर्काए ।

९०औं मिनेटमा स्वारेजले विजयी गोल गरे । स्पोर्टिङ ३ अंक जोड्न सफल भयो ।

जितपछि स्पोर्टिङ ७ खेलमा १३ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजित पीएसजी समान १३ अंकसहित पाँचौं स्थानमा छ ।

गएराति भएका अन्य खेलमा ओलम्पियाकसले बायर लेभरकुसनलाई २-० ले हरायो । कोपनहेगन र नापोलीले १-१ को बराबरी खेले ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More