― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsविराटनगर पुगेर गृहमन्त्रीले दिए चुनावी सुरक्षाबारे सरकारी धारणा

विराटनगर पुगेर गृहमन्त्रीले दिए चुनावी सुरक्षाबारे सरकारी धारणा


राष्ट्रिय

समाचार.

  • गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाह सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो।
  • मन्त्री अर्यालले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति र निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्नुभयो।
  • अर्यालले मोरङको नेपाल-भारत एकीकृत भन्सार जाँच चौकी निरीक्षण गरी सुरक्षा फौजका लागि प्रयास गरिने जानकारी दिनुभयो।

१५ पुस, विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।

मंगलबार मोरङको विराटनगर पुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनु पर्छ भन्ने प्रमुख मान्यताका साथ सरकारले काम गरिरहेको बताएका हुन् ।

मन्त्री अर्याल बुधबार हुने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार विराटनर पुगेका हुन् ।

मोरङस्थित बुधनगरमा सन् २०२० बाट संचालनमा आएको नेपाल-भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उनको भनाइ छ ।

शान्ति सुरक्षाको प्रत्याभूतिबिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै उनले गृह प्रशासनले अहिले शान्ति सुरक्षा केन्द्रित भएको पनि बताए ।

एक सय २९ बिगाहामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकोसमेत उनले बताए ।

त्यसका लागि गृह मन्त्रालयले अन्तर मन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने समेत बताए ।

अर्यालले आजै जिल्ला प्रशासन कार्यालय मोरङको जेनजी आन्दोलनपछि खरानी भएर पुन:मर्मत गरी सेवा सुरु गरेको भवनको पनि निरीक्षण गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More