― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsनिगम हुमागाईंको नेतृत्वमा लुम्बिनीबाट सुरु भयो पुनर्जागरण अभियान

निगम हुमागाईंको नेतृत्वमा लुम्बिनीबाट सुरु भयो पुनर्जागरण अभियान



१५ पुस, बुटवल । देशलाई राजनीतिक अस्थिरता तथा हिंसाको चपेटाबाट मुक्त पार्न भन्दै निगम हुमागाईंको नेतृत्वमा युवाहरूले लुम्बिनी प्रदेशको रुपन्देहीबाट पुनर्जागरण अभियान सुरु गरेका छन् ।

सातै प्रदेशका दुर्गम स्थानसम्म पुगेर अन्तर्क्रिया तथा आम सभा गरी युवालाई परिवर्तनको शान्तिपूर्ण अभियानमा जोड्ने भन्दै त्यसको सुरुवात मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको हो ।

जेजनी आन्दोलनपछि नवपुस्तालाई शान्तिपूर्ण राजनीतिमा अग्रसर बनाउन युवाले गठन गरेको द फ्युचर्स लिडरसिप नेटवर्क नेपालले हिंसा उन्मुख नकारात्मक राजनीतिक संस्कृतिलाई बदल्न पुनर्जागरण अभियानको थालनी गरेको अभियन्ता निगम हुमगाईंले बताए ।

हुमागाईंको नेतृत्वमा लेखक तथा पत्रकार घनश्याम खड्का, युवा नेत्रीहरू प्रकृती ढकाल, मिनकुमारी ठाकुर, जेनजी आन्दोलनमा दाहिने हात गुमाएका सञ्जीव सापकोटा, अभियन्ता इद्रजित साफी, जलस्रोत विज्ञ देवेश बेलवासे, अधिवक्ता आयुसा कँडेल, स्थानीय युवा रतन आचार्य र जेनजी तथा जेनवाई पुस्ताका युवाको एक समूह मंगलबार बिहान बुद्ध जन्मस्थल लुम्बिनी पुगी बुद्धको दर्शन गरी पुजनर्जागरण अभियान सुरु गरेका थिए ।

त्यस लगत्तै उनीहरूले तिलोत्तमाको मणिग्राममा सभा तथा अन्तक्रिया गरेका थिए ।

देश गम्भीर राजनीतिक संकटमा फसेको र युवाहरूको आक्रोश तथा निरासालाई प्रयोग गरेर फेरि पनि कसैले आफ्नो स्वार्थका लागि देशमा निजी र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नसक्ने खतरा बढेर गएको हुनाले देशव्यापीरूपमा नागरिकलाई जागृत गराउन पुनर्जागरणको लहर लिएर आफूहरू गाउँ बस्तीमा पुग्ने अभियानमा जुटेको फ्युचर्स लिडर नेटवर्कका अध्यक्ष निगम हुमागाईंले बताए ।

‘हामी देशको हरेक बस्तीमा पुग्छौं र युवालाई निरासाबाट आसाको संसारतिर र आक्रोशबाट सुझबुझको बाटोतिर डोर्‍याउँछौं’ उनले भने ।

राज्यले युवालाई गरिखाने वातावरण दिन उद्यमशीलता र रोजगारी दिलाउनु पर्नेमा हुमागाईंले जोड दिए ।

२४ भदौको घटनामा दाहिने हात गुमाएका जेनजी अभियन्ता सञ्जीव सापकोटाले देशको मुहार फेर्न आफू राष्ट्रिय पुनर्जागरण अभियानमा जुटेको बताए ।

त्यस्तै, जेनजी नेतृ प्रकृती ढकालले सिंगो देश संकटबाट उम्कनका लागि हिंसाबाट मुक्त भई विवेकपूर्ण सहकार्यमा जुट्नु पर्ने बताइन् ।

जलस्रोतविद् इन्जिनियर देवेश बेलबासेले युवालाई देश विकासको मामिलामा उद्यमशील भई अघि बढ्न राष्ट्रिय पुनर्जागरणको आवश्यकता रहेको बताए ।

आफूहरू आशा र शान्तिको सन्देश बोकेर टोल टोल पुगी देश विकासमा हजारौं युवालाई हातेमालो गर्न अघि सार्ने यात्रामा निक्लिएको भन्दै अर्का अभियन्ता इन्द्रजित साफीले हिमाल-पहाड-तराई सबै भूगोलका बासिन्दालाई भावना र विचारको एउटै मालामा गाँसिन आग्रह गरे ।

त्यस्तै, जेनजी नेतृ मिनाकुमारी ठाकुरले पनि युवालाई देश विकासका लागि अघि बढ्न आह्वान गर्दै गर्दा महिला सशक्तीकरण र लैंगिक समानतालाई बिर्सन नहुने कुरामा जोड दिइन् । अभियान सुरुमा तराई र त्यसपछि पहाड तथा हिमालका जिल्लाहरूमा पुग्ने अभियान्ता हुमागाईंले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More