― Advertisement ―

वालमार्टको प्लस सदस्यतामा अविश्वसनीय 50% छुट सीमित समयको लागि फिर्ता आएको छ — यो अविश्वसनीय सम्झौताको फाइदा लिनुहोस् जब तपाईं सक्नुहुन्छ

Walmart बाट अर्को हप्ताको प्रतिद्वन्द्वी प्राइम डे बिक्रीको ठीक अगाडि, खुद्रा विक्रेताले यसको लोकप्रिय प्लस सदस्यतामा अविश्वसनीय 50% छुट प्रदान गर्दैछ। त्यो वार्षिक Walmart...
HomeLatest newsपल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



१५ पुस, रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३ घण्टादेखि अवरुद्ध छ।

ग्यास बुलेट उठाउन ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोली नै खट्यो । तर बुलेट लिक भएका कारण उनीहरूको दिनभरिको प्रयास सफल हुन सकेन ।

रौतहटका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार राजमार्गमा पल्टिएको ग्यास बुलेट उठाउने प्रयास दिनभरि नै जारी रह्यो । तर प्राविधिक कारणले ग्यास बुलेट उठाउन नसकिएको उनी बताउँछन् ।

कँडेलले अनलाइनखबरसँग भने, ‘प्राविधिक टोलीले ग्यास बुलेट उठाउनका लागि धेरै प्रयास गर्‍यो । तर बुलेटबाट ग्यास लिक भएका कारण प्राविधिक टोलीको प्रयास सफल हुन सकेन । अझै पनि प्राविधिकहरू खटिरहेका छन् । तर पनि राजमार्गबाट ग्यास बेलुट तत्काल उठाउन सम्भव देखिएको छैन ।’

कँडेलका अनुसार ग्यास बुलेट पल्टिएको स्थान बस्तीभन्दा टाढा छ । जसका कारण ग्यास चुहिएर मानवबस्तीमा हुने जोखिम कम रहेको उनले बताए ।

दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिक टोलीले टाल्न नसकेपछि समस्या भएको कँडेलले बताए ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए ।

कँडेलका अनुसार केही सवारीसाधनहरू चन्द्रनिगाहपुर—गौर राजमार्ग हुँदै बालचनपुर, जंगल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजावत गरिरहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More