― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsविराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा


पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।

राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम दोस्रो पटक लगातार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।
  • सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७८ रनमा अलआउट गर्दै पहिलो क्वालिफायरमा एकपक्षीय जित हात पारेको छ।
  • ओपनर विनोद भण्डारीले ६३ रन बनाएर सुदूरपश्चिमलाई १५५ रनको लक्ष्य दिएको थियो।

२३ मंसिर, काठमाडौं । सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।

साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदलासमेत लिएको छ । सुदूरपश्चिमले अब शनिवार दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

पराजित भएपनि विराटनगरले फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ । बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटर खेलको विजेतासँग विराटनगरले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

सुदूरको धारिलो बलिङ

दुई बलिया टिमबीच क्वालिफायरमा कडा प्रतिस्पर्धा हुने अपेक्षा भएपनि सुदूरपश्चिमले एकपक्षीय रुपमा खेलमा हाबी बनेको थियो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमको धारिलो बलिङ र फिल्डिङ सामु विराटनगरको ब्याटिङ निरिह बन्यो ।

विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

मर्चेन्ट डे लाङले १५ र बसिर अहमदे १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

सुदूरपश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । स्कट कुगेलेइनले पहिलो बलमै साम हिजलेटलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट गराए ।

त्यही ओभरको अन्तिम बलमा मार्टिन गप्टिल रनआउट हुँदा विराटनगरले दोस्रो विकेट गुमायो ।

दोस्रो ओभरको पहिलो बलमै हर्मित सिंहले नरेन भट्टलाई आउट गर्दा विराटनगर ३-३ को खराब अवस्थामा पुगेको थियो ।

एक छेउबाट लगातार विकेट जाँदा फाफ डु प्लेसीले अर्को छेउबाट सम्हाल्ने प्रयास गरेका थिए ।

डु प्लेसी र बसिर अहमदले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । यी दुईले इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर बसिर पनि आउट भएपछि विराटनगर दबाबमा पार्‍यो । सुदूरका कप्तान दीपेन्द्रले बसिरलाई कट एण्ड बोल्ड गरेका थिए ।

लोकेश बलमले पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए तर ५ रनमा आउट भए । उनलाई अविनाश बोहराले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका नारायण जोशीलाई हर्मीतले बोल्ड गरेपछि विराटनगरले ९.१ ओभरमै ५३ रन बनाउँदा छैटौं विकेट गुमायो ।

११औं ओभरमा विराटनगरले डु प्लेसीसहित दुई विकेट गुमाएपछि इनिङ्स धरासयी बनेको थियो । एक छेउ सम्हालेका डु प्लेसीलाई हेमन्त धामीले शेल्डन ज्याक्सनबाट क्याचआउट गराए । त्यही ओभरमा प्रतिश जिसी पनि रनआउट भए ।

त्यसपछि मर्चेन्ट डे लाङ १५ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने अन्तिम विकेटको रुपमा आउट भए ।

विराटनगरलाई अलआउट गर्न सुदूरपश्चिमका बलरहरुले उत्कृष्ट बलिङ र फिल्डिङ गरेका थिए । सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २-२ विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । विराटनगरका दुई खेलाडी रनआउट भए ।

विनोद अर्धशतकमा सुदूरको योगफल

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे ।

यसै एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए । तर उनी १० रन बनाएर आउट भए ।

२१ रनमा पहिलो विकेट गुमाएको अवस्थामा विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा सानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भएका थिए ।

त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा व्यक्तित ३ रनमै रनआउट भए । हर्मीत सिंहले ११ बलमा १४ रन जोडे ।

एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए । तर उनी ६३ रन बनाएर १९औं ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । आरिफ अन्तिम ओभरमा आउट भए ।

बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २-२ तथा सूर्य तामाङ र साम हिजलेटले १-१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More