― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsमोरङमा कांग्रेसबाट को–को भए उम्मेदवार सिफारिस ? – KhabarHost

मोरङमा कांग्रेसबाट को–को भए उम्मेदवार सिफारिस ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेस मोरङ क्षेत्रीय समितिले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
  • क्षेत्र नम्बर ३ र ६ बाट डा. सुनिल शर्मा र डा. शेखर कोइरालाको एकल उम्मेदवारको नाम सिफारिस भएको छ भने अन्य क्षेत्रबाट बहु उम्मेदवारहरूको नाम सिफारिस भएको छ।
  • क्षेत्र नम्बर ५ मा उम्मेदवारको नाम फाइनल नभएको र सबै क्षेत्रबाट उम्मेदवारको नाम बुधबारसम्म जिल्ला समितिमा आइपुग्ने जानकारी दिइएको छ।

२३ मंसिर, विराटनगर। नेपाली कांग्रेस क्षेत्रीय समिति मोरङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

मोरङमा-६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। क्षेत्रीय समितिले आफ्ना उम्मेदवारको नाम जिल्ला समितिलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार मोरङ क्षेत्र नम्बर ३ र ६ बाट एकल उम्मेदवारको नाम सिफारिस भएको छ । अन्य क्षेत्रबाट आकांक्षीहरूको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ मा डाक्टर शेखर कोइरालाको एकल नाम सिफारिस भएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नम्बर-३ मा मेडिकल व्यावसायी डा. सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । कम्युनिष्ट गढ मानिने सो क्षेत्रबाट गत निर्वाचनमा शर्मा नै विजयी भएका थिए ।

मोरङको क्षेत्र नम्बर-१ बाट मोरङ सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू र कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्‍या बस्नेतको नाम सिफारिस भएको छ । लिम्बू सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।

क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस भएको छ। रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ।

२०७४ सालमा रिजाल सोही क्षेत्रबाट विजयी भएका थिए। २०७९ सालमा उम्मेदवार बनेकी सुजाता कोइरालाको नाम भने याे पटक सिफारिस भएन् ।

मोरङको क्षेत्र नम्बर ४ मा कांग्रेस नेता तथा पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलिपकुमार गच्छदार, कांग्रेस नेता गुरुराज घिमिरे, क्षेत्रिय सभापति विनोद बस्नेतकाे नाम सिफारिस भएको छ । महिला तर्फ दुर्गा कोइरालाको नाम सिफारिस भएको छ।

मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस गर्ने तयारी छ।

जिल्ला उपसभापति माझीका अनुसार क्षेत्र नम्बर ५ मा उम्मेदवारको नाम फाइनल भइसकेको छैन। सबै क्षेत्रबाट उम्मेदवारको नाम बुधबारसम्म जिल्ला समितिमा आइपुग्ने उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More