― Advertisement ―

Homeराष्ट्रिय समाचारराहदानी वितरणको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीको निर्देशन- अभाव हुन नदिनू

राहदानी वितरणको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीको निर्देशन- अभाव हुन नदिनू



१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे जानकारी लिएकी छिन् ।

परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले राहदानी वितरणबारे जानकारी लिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई छलफलमा बोलाएकी थिइन् ।

सो क्रममा उनले राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएको उनको सचिवालयले जनाएको छ ।

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनको निर्देशन थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More