― Advertisement ―

‘केही सृजनात्मक जागिरहरू हराउनेछन्, तर सायद तिनीहरू त्यहाँ पहिलो स्थानमा हुनुहुँदैन थियो’ – पूर्व ओपनएआई सीटीओ मीरा मुराती द्वारा दिनको उद्धरण

मेसिनले एक दिन कार्यस्थलमा मानिसको स्थान लिनेछन् भन्ने भविष्यवाणी दशकौंदेखि गरिएको छ। तर त्यहाँ एक बढ्दो अनुभूति छ कि, जेनेरेटिभ एआईले केही हदसम्म मानवीय...
HomeLatest newsपर्वतारोहणमा गएकामध्ये छुट्टाछुट्टै घटनामा ४ को मृत्यु, ५ बेपत्ता

पर्वतारोहणमा गएकामध्ये छुट्टाछुट्टै घटनामा ४ को मृत्यु, ५ बेपत्ता


राष्ट्रिय

समाचार.

  • पछिल्लो एक सातामा पर्वतारोहण र पदयात्रामा गएका ४ जनाको मृत्यु भएको छ भने ५ पर्यटक वेपत्ता छन्।
  • गोरखाको पानवरी हिमालमा हराएका दुई इटालियन आरोहीको शव फेला पारी काठमाडौं ल्याइएको छ।
  • दोलखाको हिमपहिरोमा परी दुई नेपाली गाइडसहित पाँच विदेशी आरोही वेपत्ता छन् र आठ जना घाइते भएका छन्।

१८ कात्तिक, काठमाडौं । पछिल्लो एक सातामा पर्वतारोहण र पदयात्रामा गएका पर्यटक/सहयोगीमध्ये ४ जनाको मृत्यु भएको छ ।

५ पर्यटक वेपत्ता छन् । पर्यटन विभागका अनुसार गोरखा जिल्लामा अवस्थित पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत अनुमति प्राप्त २ इटालियन आरोही फार्रोनेटो स्टेफानो र क्यापुटो आलेसान्द्रो ११ कात्तिकदेखि भारी हिमपातमा हराइरहेका थिए । उनीहरुलाई मृत अवस्थामा फेला पारी आज शव काठमाडौं ल्याइएको विभागले जनाएको छ ।

उता, डिमर्श डेस्टिनेशन ट्रेक एण्ड एक्सपिडिसनबाट डोल्मा खाङ (६३३२ मि.) हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये पाओलो कोक्को (इटाली) र मार्को डी मार्सेलो (क्यानडा) दोलखाको येलुङ रि पिक आरोहणका क्रममा वेपत्ता भएका छन् ।

दोलखाको हिमपहिरोमा परी ती दुई आरोहीसहित थप तीन विदेशी आरोही समेत वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । यो घटनामा दुई नेपाली गाइड पदम तामाङ र मेरे कार्कीको मृत्यु भएको छ । यो घटनामा ८ जना घाइते भएको समेत कार्यालयको विवरणमा उल्लेख छ ।





Read More