― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsराष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ जिल्ला न्यायाधीशहरूलाई पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको छ।
  • निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशमा कार्यालय स्थापना गर्नेछन्।
  • कोशी प्रदेशमा न्यायाधीश भीष्मराज प्रसाईं, मधेश प्रदेशमा न्यायाधीश शुभाषबाबु पुरी, बागमती प्रदेशमा न्यायाधीश गीता श्रेष्ठ नियुक्त भएका छन्।

८ पुस, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । ७ जिल्ला न्यायाधीशहरूलाई पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका सूचना अधिकारी नारायाणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशमा कार्यालय स्थापना गर्नेछन् ।

को कहाँ अधिकृत ?

कोशी प्रदेश– न्यायाधीश भीष्मराज प्रसाईं
मधेश प्रदेश– न्यायाधीश शुभाषबाबु पुरी
बागमती प्रदेश– न्यायाधीश गीता श्रेष्ठ
गण्डकी प्रदेश– न्यायाधीश हिमलाल वेल्वासे
लुम्बिनी प्रदेश– न्यायाधीश प्रकाशप्रसाद पण्डित
कर्णाली प्रदेश– न्यायाधीश दीपक ढकाल
सुदूरपश्चिम प्रदेश– भुवनसिंह थापा





Read More