― Advertisement ―

युरोप प्राविधिक सार्वभौमसत्ता चाहन्छ तर के यो यथार्थवादी हो?

उच्च भूराजनीतिक तनाव र राष्ट्रिय सुरक्षा सरोकारको बीचमा डिजिटल सार्वभौमसत्ता सबैको ओठमा छ। युरोपका लागि, यसमा संयुक्त राज्य अमेरिकासँगको नियामक र सुरक्षा तनाव, साथै...
HomeLatest newsरविलाई थुनामुक्त गर्ने आदेशपछि नख्खु कारागारबाहिर समर्थकको भिड

रविलाई थुनामुक्त गर्ने आदेशपछि नख्खु कारागारबाहिर समर्थकको भिड



३ पुस, काठमाडौं । उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै नख्खु कारागारमा समर्थकको भिड लागेको छ ।

अहिले नख्खु कारागारबाहिर समर्थकहरू बाक्लो संख्यामा जम्मा भएका छन् ।

उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेश जारी गर्दै उनलाई तीनवटा शर्त पनि तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् ।

जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ ।

पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More