― Advertisement ―

Anker THUS चिपले पहिरन योग्य उपकरणहरूमा ठूला AI मोडेलहरू राख्न कम्प्युटिङ नियमहरू तोड्छ

Ankerनयाँ प्रयोग गर्दछ मेमोरीमा कम्प्युटरयसले तल्लो शक्ति भएका यन्त्रहरूमा ठूला AI मोडेलहरू सक्षम पार्न सक्छAnker सिलिकन व्यवसायमा प्रवेश गर्दैछ, विशेष गरी एउटा CIM (कम्प्युट...
HomeLatest newsपश्चिमी वायुको प्रभावले बदली, पानी नपर्ने, चिसो बढ्ने

पश्चिमी वायुको प्रभावले बदली, पानी नपर्ने, चिसो बढ्ने



१७ पुस, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ ।

यसले गर्दा केही चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । तराई मधेश र पहाडी खोँचहरुमा देखिएको हुस्सु कुहिरो पनि हल्का कम हुने सम्भावना छ । तर प्रणाली ठूलो नभएकाले धेरै सुधार भने नदेखिने पूर्वानुमान छ ।

पश्चिमी वायुको प्रभाव कहाँ कस्तो ?

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले विशेषगरी देशका पश्चिमी भू–भागहरूमा मौसममा परिवर्तन आएको छ ।

उनका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था छ । अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा नै छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै कोशी प्रदेशका समेत उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

तराई/मधेशका क्षेत्रहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । पश्चिमी वायुका कारण बादल लाग्दा पश्चिम तराईका क्षेत्रमा लागेको हुस्सु केही हट्न सक्ने अनुमान गरिएको छ । यद्यपि, यो प्रणाली कमजोर रहेकाले कुहिरो पूर्ण रूपमा हट्ने निश्चित भने नरहेको मौसमविद लामिछानेले बताए ।

काठमाडौं उपत्यकामा पनि आज बादल लाग्ने सम्भावना छ । हिजो–अस्तीको तुलनामा आज बादल केही बढे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविदको भनाइ छ ।

आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ । आज अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

चिसो बढ्ने संकेत

पश्चिमी वायुको प्रभावले बादल लाग्ने र चिसो अझै बढ्ने मौसमविद्को भनाइ छ । ‘पश्चिमी वायुको प्रभावले बादल लाग्दा घाम कम लाग्ने र यसले जाडो महिनाको चिसोलाई केही बढाउने देखिन्छ,’ मौसमविद लामिछानेले भने ।

यो प्रणाली धेरै बलियो नभएकाले देशव्यापी रूपमा ठूलो असर भने पर्ने छैन । तर हिमाली भेगमा यात्रा गर्नेहरु र तराईमा शीतलहरको सामना गरिरहेका नागरिकहरूलाई भने सतर्कता अपनाउन सुझाव दिइएको छ ।

केही दिनयता तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्ने र तपपत शीत चुहिने गर्दा जनजीवन प्रभावित भएको छ । हवाई र सडक यातायात पनि प्रभावित भएको छ । चिसो अत्यधिक बढेका कारण पालिकाहरुले विद्यालय बन्द गरेका छन् । स्थानीय सरकारको पहलमा चोकचोकमा दाउरा वितरण गरी आगो ताप्ने प्रबन्ध मिलाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More