― Advertisement ―

PSA: आईफोन डुओ प्रिअर्डरहरू शुक्रबार खुल्ला छन् – यहाँ एक उपयोगी चाल छ जुन तपाईं सबैको अगाडि जान प्रयोग गर्न सक्नुहुन्छ

नयाँ iPhone Duo मा तपाईंको नजर छ? Apple को पहिलो पटक फोल्ड गर्न मिल्ने फ्ल्यागशिप यस शुक्रबार लाइभ हुनको लागि सेट गरिएको छ र...
HomeLatest newsमनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार



१५ कात्तिक, काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

आज बिहानि ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारको लागि खटिएको थियो ।

उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छन् । एक जना  पुरुषको खुट्टामा चोट लागेको छ भने सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले आज बिहान ११ नेपालीलाई चामेतर्फ ल्याएको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेस क्याममानै बसेका छ्न् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More