― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsमधेशका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनमा सहमति

मधेशका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनमा सहमति


राष्ट्रिय

समाचार.

  • मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ।
  • गठबन्धनले बेथिति रोक्न र सुशासन प्रभावकारी बनाउन ठेक्का प्रक्रियाबाट काम गर्ने निर्णय गरेको एक नेताले बताए।
  • आ.व २०८१/८२ मा नीति निर्माण भए पनि ५० लाखसम्मका योजना उपभोक्ता समितिबाटै कार्यान्वयन भएको थियो।

१ पुस, जनकपुरधाम। मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धन बैठकले योजनाहरूमा विगतका जस्तो हुने बेथिति निरुत्साहित गर्न योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए ।

उपभोक्ता समितिबाट काम गराउँदा योजना खरिद बिक्री हुने लगायतका बेथितिहरूलाई मधेशमा बढ्दै गएको छ । यसले प्रदेश सरकारको बदनामी हुने गरेको छ । सातदलीय गठबन्धनले बेथिति रोक्न र सुशासन प्रभावकारी बनाउन भन्दै ठेक्का प्रक्रियाबाट काम गर्ने निर्णय गरेको हो ।

गठबन्धनमा भएको सहमतिलाई कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारले नीतिगत रुपमा कार्यान्वयन गर्ने विश्वास नेताहरुको छ ।

यसअघि आ.व २०८१/८२ मा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारले सदनबाटै नीति निर्माण गरी १० लाखभन्दा माथिका योजनाहरू खुल्ला प्रक्रियाबाट अघि बढाउने भने पनि कार्यान्वयन भएको थिएन । पछि सदनबाट संकल्प प्रस्ताव पारित गरेर पुनः ५० लाखसम्मका योजना उपभोक्ता समितिबाटै कार्यान्वयन गरेको थियो ।





Read More