― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsनिर्वाचनमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दै निर्वाचन आयोग

निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दै निर्वाचन आयोग



१ पुस, काठमाडौं । निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री  श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्दैछ ।

मन्त्रीहरूको उपस्थितिमा निर्वाचनसंग सम्बन्धित कार्यक्रममा बालबालिकाको गैरकानुनी  प्रयोग रोक्ने, मतदान केन्द्रहरूलाई अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक मैत्री बनाउने र निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रवर्धन गर्ने र मतदाता शिक्षा कार्यान्वयन लगायतका विषयमा छलफल गर्न लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।





Read More