― Advertisement ―

लोवेको वसन्त बिक्री मेमोरियल डे पूर्वावलोकन जस्तै हो — आँगनका फर्निचर, ग्रिल, उपकरण र थपमा ४०% छुट

Lowe's ले एक विशाल 'SpringFest' बिक्री सुरु गरेको छ र बचतहरू धेरै प्रभावशाली छन्, यति धेरै कि यसले मलाई यसको मेमोरियल डे बिक्री। गर्मीको...
HomeLatest newsपोखरा एभेन्जर्सले जनकपुरविरुद्ध हरियो जर्सी लगाएर खेल्ने

पोखरा एभेन्जर्सले जनकपुरविरुद्ध हरियो जर्सी लगाएर खेल्ने


राष्ट्रिय

समाचार.

  • पोखरा एभेन्जर्सले एनपीएल दोस्रो संस्करणमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा हरियो रंगको विशेष जर्सी लगाउने भएको छ।
  • पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले ‘ग्लासियर्स म्याटर’ सन्देशसहित हिमनदी संरक्षण अभियानलाई जोड दिन जर्सी डिजाइन गरिएको बताए।
  • जनकपुर बोल्ट्सका खेलाडीहरूले आमाहरूप्रति समर्पित नाम अंकित जर्सी लगाउने र दुवै टोलीका जर्सी च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछ।

१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत बिहीबार हुने जनकपुर बोल्ट्सविरुद्धको खेलमा विशेष जर्सी लगाएर खेल्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा भइरहेको एनपीएलमा पोखराले जनकपुर बोल्ट्स विरुद्धको खेलमा आफ्ना नियमित जर्सीभन्दा फरक रङ अर्थात हरियो रङको जर्सी लगाएर खेल्ने भएको हो ।

वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै यी जर्सीहरू विशेषरूपमा डिजाइन गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।
‍पोखरा एभेन्जर्सका खेलाडीहरूले लगाउने हरियो जर्सीमा ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपूर्ण छन् भन्ने सन्देश प्रवाहित हुने टिमले जनाएको छ ।

‘नेपाल जलवायु जोखिममा रहेको एउटा उच्च संवेदनशील मुलुक हो । गण्डकी र पोखराको पहिचान हिमाल, हिउँ र प्राकृतिक सौन्दर्य हो । त्यसैले यसलाई जोगाउनु हाम्रो नैतिक जिम्मेवारी हो भन्ने उद्देश्यका साथ हिमनदी संरक्षण अभियानलाई जोड दिन ‘ग्लासियर्स म्याटर’ सन्देशसहित जर्सीको डिजाइन गरिएको हो ।’ पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले भने ।

जलवायु परिवर्तनले हिउँ पग्लिने, नयाँ हिमताल बन्ने, हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको यस अवस्थामा जलवायु परिवर्तनको चेतनालाई प्राथमिकता दिन उक्त जर्सी तयार गरिएको एभेन्जर्सले जनाएको छ ।

यसैगरी जनकपुर बोल्ट्सका खेलाडीहरूले पनि सम्पूर्ण आमाहरुप्रति समर्पित गर्नका लागि खेलाडीको जर्सीमा आफ्नो आमाको नाम अंकित जर्सी लगाउने छन् । जुन सम्पूर्ण आमाहरूप्रति समर्पित हुनेछ । खेलपछि दुवै टोलीका जर्सीहरू च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछन् ।

उक्त अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सका जर्सी बिक्रीबाट उठेको रकम ग्लासियर्स म्याटर जागरण अभियानमा खर्च गरिनेछ ।

यस्तै जनकपुर बोल्ट्सका जर्सीबाट उठेको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूको सहयोगका प्रदान गरिने जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले बताए ।

यस अभियानले खेलकुदमार्फत सामाजिक उत्तरदायित्वलाई थप सुदृढ पार्ने विश्वास लिइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More