― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsनिर्वाचन आयोगमा दल दर्ता गर्नेको संख्या सय नाघ्यो

निर्वाचन आयोगमा दल दर्ता गर्नेको संख्या सय नाघ्यो



१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या एक सय नाघेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार चुनावमा भाग लिने भनेर दल दर्ता गर्नेको संख्या १०६ पुगेको छ ।

अझै दल दर्ता प्रक्रियामा आउँदैछन् । यही माग अनुसार निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थपेर मंसिर १४ गतेसम्म पुर्‍याएको छ ।

हाल निर्वाचन आयोगका दर्ता भएका दलको संख्या १३७ रहेको छ । यीमध्ये १०६ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेहरूमा नयाँ राजनीतिक दलको संख्या २१ रहेको छ । अझै दर्ता प्रक्रियामा १८ वटा दल रहेका छन् ।

निर्वाचन प्रयोजनका लागि प्राप्त निवेदनहरुमा १८ मंसिरसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम छ ।





Read More