― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsयी हुन् प्रधानमन्त्रीको सचिवालयमा रहने ६ जना, को-को हटे ? (सूची)

यी हुन् प्रधानमन्त्रीको सचिवालयमा रहने ६ जना, को-को हटे ? (सूची)



१० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयका भएका व्यक्तिहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि ६ जना मात्र रहने गरी अन्य सबैलाई हटाएकी छन् ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको खबर बाहिरिएसँगै प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धता र नातावादविरुद्धको निष्ठामाथि नै प्रश्न उठेको थियो । त्यसपछि प्रधानमन्त्रीले बुधबार सचिवालयमा नियुक्त भएका व्यक्तिको संख्या कटौती गरेकी हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार, प्रधानमन्त्रीको सचिवालयमा अब ६ जनामात्रै रहनेछन् ।

जस अनुसार, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।

प्रधानमन्त्री कार्यालयले विगतका प्रधानमन्त्रीहरूले ६६ जनासम्मको सचिवालय विस्तार गर्ने गरेको भए पनि यसपटक जम्मा २० जनाको मात्रै बनाइएको थियो ।

अहिले उक्त संख्या घटाएर ६ जनाको मात्रै बनाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, १४ जनाको नियुक्ति खारेज भएको हो ।

अनलाइनखबरमा नियुक्तिबारेको उक्त समाचार प्रकाशित गरेको थियो ।

१४ जना को–को हटे ?

प्रमुख स्वीकय सचिव आदर्श श्रेष्ठकी पत्नी संगीता श्रेष्ठलाई सचिवालयबाट हटाइएको छ । उनलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाइएको थियो । नातेदार कमला श्रेष्ठ पनि हटाइएको छ । उनलाई स्वकीय सहसचिवमा नियुक्त गरिएको थियो । उनीहरू दुवै जना हटेका छन् ।

त्यस्तै, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाललाई पनि सचिवालयबाट हटाइएको छ । उनी अधिकृत सरहको सेवा सुविधा लिएर बसेका थिए ।

युवा तथा सामाजिक विकास विज्ञ प्रदिप ज्ञवाली पनि हटेका छन् । ज्ञवाली पनि अधिकृत सरहको सेवा सुविधा लिएर सचिवालयमा कार्यरत थिए । स्वकीय शाखा अधिकृतका रुपमा कार्यरता रमेशराज दाहाल, अर्जित खड्का र आकृति घिमिरेलाई पनि हटाइएको छ ।

त्यसैगरी प्रशासन सहायकहरू सृष्टी डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठ पनि सचिवालयबाट हटाइएका छन् ।

सवारी चालक हरिबाबु श्रेष्ठ र मिरा अधिकारीलाई पनि हटाइएको हो ।





Read More