― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsपुरानालाई बिरासत जोगाउने चुनौती, नयाँलाई अवसर – KhabarHost

पुरानालाई बिरासत जोगाउने चुनौती, नयाँलाई अवसर – KhabarHost



१५ माघ, उदयपुर । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुर–१ मा राजनीतिक चहलपहल बढ्न थालेको छ । सबै दलका उम्मेदवारहरू मतदाता भेटघाट र छलफलमा व्यस्त हुन थालेका छन् ।

यो क्षेत्रमा लगातार नेपाली कांग्रेसले जित्दै आएको छ । यो क्षेत्रमा यसअघि कांग्रेस नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले जित्दै आएका थिए ।

यस पटक भने कांग्रेसले उदयपुर–१ मा उम्मेदवार परिवर्तन गरेको छ । कांग्रेसले डा. खड्कालाई परिवर्तन गरी पूर्वसभापति जिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । जसका कारण यो क्षेत्रको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा पनि जित निकालेका खड्काले यस पटक उम्मेदवार नबन्ने घोषणा गरेपछि कांग्रेसले विशेष महाधिवेशनको पक्षमा खुलेका बस्नेतलाई उम्मेदवार बनाएको हो ।

डा. खड्काले २०७९ को प्रतिनिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा जितेका थिए । तर यस पटक एकीकृत समाजवादी र माओवादी एउटै पार्टी बनेका छन् भने कांग्रेस र एमाले एकल प्रतिस्पर्धामा उत्रेका छन् ।

यता, नयाँ शक्तिको रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सशक्त दाबीसहित चुनावी मैदानमा छ । उदयपुर–१ मा १८ जनाले उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा एमालेबाट बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा, नेपाली कम्युनिस्ट पार्टीबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारशमणि गेलाल र श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई उम्मेदवार छन् ।

राप्रपाबाट सुवासचन्द्र खड्का, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ, एमालेबाट बागी देवराज रोकालगायतले उम्मेदवारी दिएका छन् । उदयपुर–१ मा यस पटक धेरैजसो दलका नयाँ अनुहार उम्मेदवार छन् ।

२०७९ को निर्वाचनमा कुन दलको मत कति ?

प्रत्यक्षतर्फ २०७९ सालमा खड्काले ३१ हजार २७० मत ल्याएर जितेका थिए । एमालेबाट पराजित मञ्जुकुमारी चौधरीले २८ हजार ८९१, राप्रपाका धुर्वकुमार रायमाझीले ३ हजार ९१५, राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले ३ हजार ४४४ मत पाएका थिए । त्यसमा खड्काको मत कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनको हो ।

समानुपातिक मतमा एमालेले २३ हजार ८३६, कांग्रेसले १९ हजार ४७६, माओवादी केन्द्र ९ हजार ७३९, राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ३३७, एकीकृत समाजवादीले १ हजार ६२८ र राप्रपा४ हजार ३७५ मत पाएका छन् । यसमा श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी थपिएकाले प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।

कति छन् मतदाता ?

उदयपुर–१ मा तीन नगरपालिका पर्छन् । जसमा चौदण्डीगढी नगरपालिकामा पुरुष २० हजार ६६ र महिला २० हजार २८३ गरी जम्मा ४० हजार ३४९ मतदाता छन् ।

बेलका नगरपालिकामा पुरुष १७ हजार ५४० र महिला १६ हजार ६६० गरी ३४ हजार २०० मतदाता छन् भने त्रियुगा नगरपालिकामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी ६८ हजार २५५ मतदाता छन् ।

यो क्षेत्रमा कुल मतदाता पुरुष ७१ हजार ४९२, महिला ७१ हजार ३५० र अन्य २ गरी जम्मा १ लाख ४२ हजार ८०४ छन् । यो क्षेत्रमा ५२ वटा मतदानस्थल र १६० मतदान केन्द्र तोकिएको छ ।

पुरानालाई सकस र नयाँलाई अवसर

उदयपुर–१ को पुरानो मतमा कांग्रेस एमाले नै बलिया छन् । तर अहिलेको लहर हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि कमजोर मान्न सकिँदैन । २०७९ को निर्वाचनमा रास्वपाको मत समानुपातिकतर्फ ७ हजारभन्दा बढी थियो ।

यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका चौधरी, कांग्रेसका बस्नेत, एमालेका थापा र रास्वपाका गेलालबीच प्रतिस्पर्धा हुने देखिन्छ । किरात र थारुको समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा श्रम संस्कृति पार्टीका राई र नेपाली कम्युनिस्ट पार्टीका चौधरी कांग्रेसका बस्नेत, एमालेका थापा र रास्वपाका गेलालको लागि चुनौती बन्न सक्छन् ।





Read More