― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsशनिबार सातौं राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता हुँदै

शनिबार सातौं राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता हुँदै



१५ माघ, काठमाडौं । सातौं राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।

यही शनिबार (माघ १७) गते काठमाडौंको दिक्षालय स्कूल, बूढानीलकण्ठमा नेपाल योगासन खेलकुदको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकारद्वारा मान्यता प्राप्त राष्ट्रियस्तरको प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी खेलाडीहरूमध्ये उत्कष्टताको आधारमा प्राविधिक कमिटीको छनोट मूल्याङ्कनका आधारमा भारतमा आयोजना हुने पहिलो विश्व योगासन खेलकुद प्रतियोगिता २०२६ का लागि नेपालको तर्फबाट चयन गरिने बताइएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट ३३१ जना खेलाडीहरूले आफ्नो सहभागिता सुनिश्चित गरेका छन् ।

जसमा २१८ महिला र ११३ पुरुष खेलाडीहरू रहेका छन् ।

बागमती प्रदेशबाट ११९, कोशी प्रदेशबाट ४२, मधेश प्रदेशबाट २०, गण्डकी प्रदेशबाट १९, लुम्बिनी प्रदेशबाट १७, कर्णालीबाट १६ तथा सुदूरपश्चिम प्रदेशबाट १८ खेलाडी सहभागी हुँदैछन । पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ प्रतियोगिता निम्न उमेर समूहमा सञ्चालन गरिने बताइएको छ।

विजेताहरूलाई स्वर्ण, रजत र कास्य पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

साथै सबै उमेर समूहका स्वर्ण पदक विजेतामध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी पुरुषतर्फ ‘मिस्टर/ योगी’ र महिलातर्फ ‘मिस योगी’ उपाधिसहित ट्रफी प्रदान गरिनेछ ।

नेपाल योगासन खेलकुद संघले हालसम्म ३ वटा दक्षिण एसियाली योगासन खेलकुद प्रतियोगिता, ६ वटा राष्ट्रिय, २ वटा उपत्यका स्तरीय, १ माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना गरिसकेको छ ।

साथै संघले मलेसियामा सम्पन्न १६औं अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगितामा सहभागिता जनाई २ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ ।

हालै भारतको नयाँ दिल्लीमा सम्पन्न दोस्रो एसियाली योगासन खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाई विभिन्न पदक समेत प्राप्त गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More