― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsरास्वपाको समानुपातिक सूचीमा भावना राउतको असन्तुष्टि

रास्वपाको समानुपातिक सूचीमा भावना राउतको असन्तुष्टि


राष्ट्रिय

समाचार.

  • जेनजी अभियन्ता भावना राउतले वैकल्पिक भनिएका दलहरूले समानुपातिक सूचीमा शक्ति, पैसा, पहुँच र पहिचान भएकालाई समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
  • राउतले सुदूरपश्चिम, मधेश, दलित र जनजातिलाई अघि राख्ने तर सत्ता र निर्णयमा सहरका ब्रान्डेड अनुहार मात्र अघि सार्ने निर्णयलाई खुला धोका भनेकी छन्।
  • उनले यस्तो चरित्रले व्यवस्था नबदलिने र विश्वास मरेपछि कुनै विकल्प बाँकी नरहने चेतावनी दिइन्।

१५ पुस, काठमाडौं । जेनजी अभियन्ता भावना राउतले वैकल्पिक भनिएका दलहरूले समानुपातिक सूचीमा शक्ति, पैसा, पहुँच र पहिचान भएकालाई समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै राउतले आन्दोलनमा सुदूरपश्चिम, मधेश, दलित र जनजातिलाई अघि राख्ने तर सत्ता र कुर्सीको लागि हुने निर्णयमा सहरका ब्रान्डेड अनुहार अघि सार्ने भन्दै प्रश्न गरेकी छन् ?

उनले समानुपातिक प्रतिनिधित्वको मर्म लत्याइएकोमा दु:ख व्यक्त गरेकी छन् ।

‘समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ । तर, आज प्रश्न यो हो : यसलाई कब्जा कसले गर्‍यो ? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन ? के यसैका लागि आन्दोलन भयो ? के यहीका लागि जनआन्दोलन र रगत बगाइयो ?

पुरानाले गरेका अन्याय दोहोर्‍याएर नयाँ राजनीति गरेको दावी गरेको उनले टिप्पणी गरेकी छन् ।

‘सुदूरपश्चिम, मधेस, दलित, जनजाति उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र ? यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो,’ राउतले भनेकी छन्, ‘आफूलाई ‘वैकल्पिक’ भन्नेहरू झनै जिम्मेवार हुनुपर्ने होइन ? पुरानाले गरेको अन्याय दोहोर्‍याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ ?’

उनले यस्तो चरित्रले व्यवस्था नबदलिने, विश्वास मार्ने र त्यसपछि विकल्प बाँकी नरहने चेतावनी दिएकी छन् ।

‘कलाकार, क्रिकेटर, गायकहरूसँग चुनाव लड्ने स्रोत छ, मैदान छ, मिडिया छ । समानुपातिक त तिनका लागि होइन र जसले सधैं अवसरको ढोका बन्द पाए । अरूको अधिकार खोसेर ‘परिवर्तन’ बेच्ने यो कस्तो राजनीति हो ?’ लेखेकी छन्, ‘यस्तो चरित्रले व्यवस्था बदल्दैन, यस्तो चरित्रले विश्वास मार्छ । र, विश्वास मरेपछि कुनै विकल्प बाँकी रहँदैन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More