― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsदेखावटी खन्चुवापनले के-के गर्छ हानि ? – KhabarHost

देखावटी खन्चुवापनले के-के गर्छ हानि ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • मुकबाङ कोरियन शब्द हो । यसमा होस्टले धेरै खाना खाँदै दर्शकसँग अन्तरक्रिया गर्छन्।
  • नेपालमा मुकबाङ ट्रेन्ड सन् २०२० को लकडाउनपछि बढेको देखिन्छ ।
  • मुकबाङले अत्यधिक जंक फुड सेवन र देखावटी खानाको कारण मोटोपन, डायबिटीज, मुटु रोग लगायत स्वास्थ्य समस्या निम्त्याउछ।

तपाईं एक छाकमा कति खान सक्नुहुन्छ ? डेढ वित्ताको पेट भर्न उति धेरै खानाको थुप्रो लगाइरहनुपर्दैन । तर, अहिले सामाजिक सञ्जालतिर चाहार्ने हो भने कतिपयले ‘बाघलाई पुग्ने खाना’ राखेर बसेको देखिन्छन् ।

सुरुमा त खानाको थुप्रै देखेर तपाईं चकित पर्नुहुन्छ । त्यसपछि तपाईंको मनमा उत्सुकता जाग्छ, ‘यतिविध्न खाना कसरी खान्छन् होला ?’ अनेक व्यञ्जनको थुप्रो लगाएर कुनै मान्छेले एकै झमटममा खान तम्तयार भएपछि आउने यस्तै जिज्ञासाहरूले ‘मुकबाङ’ ट्रेन्ड उत्कर्षमा पुर्‍याएको छ । पहिले कुरा गरौं, मुकबाङकै । के हो त यो ?

मुकबाङ कोरियन शब्दबाट आएको हो, जसको अर्थ अंग्रेजीमा ‘इटिङ ब्रोडकास्ट’ हुन्छ । यसमा होस्टले क्यामेरा अगाडि बसेर अत्यधिक मात्रामा खाना खान्छन्, दर्शकहरूसँग अन्तरक्रिया गर्छन् वा खानाको बारेमा बयान गर्छन् ।

यो लाइभ स्ट्रिम वा प्रि–रिकर्डेड रूपमा हुन्छ । यसमा मुख्य रूपमा जंक फूड, नुडल्स, पिज्जा, चिल्लो–पिरो स्ट्रिट फूड जस्ता आइटमहरू समावेश हुन्छन् । यस्ता भिडियोले दर्शकहरूलाई ‘भर्चुअल साथी’को अनुभूति दिन्छन्, तर यसको पछाडि लुकेका स्वास्थ्य जोखिम, मनोवैज्ञानिक प्रभाव र सामाजिक हानिहरू गम्भीर छन् ।

मुकबाङको सुरुवात र लोकप्रियता

मुकबाङको सुरुवात दक्षिण कोरियाबाट भएको हो । सन् २००९–२०१० तिर यो ट्रेन्ड सुरु भएको थियो, जसले सन् २०१४ सम्म विश्वव्यापी रूपमा फैलियो । कोरियामा बढ्दो तनाव, प्रतिस्पर्धा र एक्लो जीवनशैलीका कारण युवाहरूले एक्लै खाना खानुपर्ने स्थिति थियो, जसलाई मुकबाङले ‘भर्चुअल कम्प्यानियन’को रूपमा सम्बोधन गर्‍यो । खाना चपाउँदा निस्कने आवाजहरूले रिल्याक्सेसन दिन्छन् भने ठूलो मात्रा खाने च्यालेन्जहरू र फुड रिभ्यूहरूले मनोरञ्जन प्रदान गर्छन् ।

कोरियामा यो एक करिअर बनाउने विकल्प नै बनेको छ, जसबाट होस्टहरूले विज्ञापन र स्पोन्सरसिपबाट लाखौं कमाउँछन् । विश्वव्यापी रूपमा यसले लाखौं दर्शकहरू आकर्षित गर्छ, जसमा एसिया जापान, चीन, युरोप र अमेरिकासम्म फैलिएको छ ।

नेपालमा मुकबाङ ट्रेन्ड सन् २०२० को लकडाउनपछि बढेको छ । नेपाली कन्टेन्ट क्रिएटरहरूले नेपाली खानाहरू जस्तै मोमो, ढिडो, गुन्द्रुक, चटपटे, लाफिङ र पिरो चाउचाउलाई फिचर गरेर यस्ता भिडियोहरू बनाएको देखिन्छ । यो ट्रेन्डले नेपाली स्ट्रीट फूडको प्रचार गरेको छ, तर देखावटीपनलाई प्राथमिकता दिँदा स्वास्थ्य र खानाको अपव्यय बढेको छ ।

फूड ब्लगर्सहरूले भ्यूज र भाइरल हुनका लागि यस्ता भिडियो बनाउँछन्, जसले दर्शकहरूमा गलत प्रभाव पार्छ । उदाहरणस्वरूप, बनसिलामको भिडियो भाइरल भएपछि यसको मूल्य प्रतिकेजी १,००० रुपैयाँबाट बढेर ३,००० रुपैयाँसम्म पुगेको थियो, जसले अश्वस्त मार्केटिङलाई बढावा दिएको छ ।

स्वास्थ्य जोखिम

मुकबाङ ट्रेन्डले स्वास्थ्यमा गम्भीर असर पार्छ । यसमा प्रयोग हुने खानाहरूमा मैदा, टेस्टिङ पाउडरहरू मिसाइएको हुन्छ, जसले मिठो लाग्ने र बारम्बार खान मन लाग्ने बनाउँछ । अत्यधिक मात्रामा जंक फूड र स्ट्रिट फूड जो डिप फ्राइड हुन्छन् र बारम्बार तताइने तेलबाट ट्रान्स फ्याट उत्पादन हुन्छ । यस्ता खाना उपभोग गर्दा मोटोपन बढ्ने समस्या हुन्छ । यसले हर्मोनल असन्तुलन, उच्च रक्तचाप, डायबिटीज, मुटु रोग, छाला एलर्जी लगायतका समस्या बढ्ने पोषणविद् प्रविण भट्टराई बताउँछन् ।

विभिन्न अध्ययनहरूले पनि मुकबाङ गर्ने र यो हेर्ने दर्शकमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउन भूमिका खेल्ने देखाएको छ । उदाहरणका लागि, सन् २०२१ को एक अध्ययनले मुकबाङ हेर्नेहरूमा खाने विकार ‘इटिङ डिसअर्डर’ बढ्ने देखाएको छ । फिलिपिन्समा सन् २०२४ मा एक मुकबाङरलाई स्ट्रोक भएपछि यसलाई ब्यान गर्ने प्रयास भएको थियो ।

बढी खानेकुरा खाँदा मोटोपन निम्त्याउछ, जसबाट डायबिटीज, उच्च रक्तचाप जस्ता १० भन्दा बढी रोगहरू एकैसाथ आउन सक्छन् ।  एक दु:खद् उदाहरणमा, टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार, २४ वर्षीय टर्कीका मुकबाङ स्ट्रीमर एफेकान कुल्टुरको अत्यधिक खानाको कारण पेट फुटेर मृत्यु भएको थियो । उनको स्वास्थ्य लामो समयदेखि मोटोपनसँग सम्बन्धित गम्भीर रोगबाट बिग्रिरहेको थियो ।

यस्तै, कहिलेकाहीँ देखावटीका लागि अखाद्य वस्तुहरू जस्तै काँचो अण्डा, काँचो मासु र शरीरसँग नमिल्ने चिजहरू समेत खाइन्छ, जसले पाचन प्रणालीमा असर पार्छ र गम्भीर जोखिम निम्त्याउछ ।

मुकबाङमा प्रायः जंक फुड, मैदाजन्य खाना, चिल्लो–पिरो स्ट्रिट फुड, अत्यधिक मसला र नुन प्रयोग गरिएका परिकार समावेश हुन्छन् । एकै व्यक्तिले धेरै मानिसको भाग बराबर खाना खाने दृश्यले मनोरञ्जन त दिन्छ, तर यसले ‘ओभर इटिङ’ अत्यधिक खाने बानीलाई सामान्य र आकर्षक बनाएर प्रस्तुत गर्छ ।

मुकबाङमा देखाइने अधिकांश खानेकुरा पोषणका हिसाबले कमजोर हुने पोषणविद् प्रविण भट्टराई बताउँछन् । ‘बारम्बार यस्ता भिडियो हेर्दा मानिसमा आवश्यकताभन्दा बढी खाने बानी विकास हुन्छ’ भट्टराई भन्छन्, ‘जसले मोटोपन, डायबिटिज, उच्च रक्तचाप, हर्मोनल असन्तुलन र मुटुरोग जस्ता दीर्घकालीन समस्या निम्त्याउछ।’

उनका अनुसार विशेष गरी स्ट्रिट फुडहरूमा बारम्बार तताइने तेल प्रयोग हुने भएकाले ट्रान्स फ्याट बन्ने जोखिम उच्च हुन्छ । यस्तो तेलले मुटु रोग, छाला एलर्जी र मेटाबोलिक समस्या बढाउँछ । ‘बच्चा र किशोर–किशोरीमा यसको असर झनै गम्भीर हुन्छ, किनकि सानै उमेरदेखि अस्वास्थ्यकर खानाको लत बस्न सक्छ’ भट्टराई भन्छन् ।

बालबालिका र मनोवैज्ञानिक प्रभाव

यस ट्रेन्डको प्रभाव विशेष गरी बच्चाहरूमा पर्छ । बच्चाहरू यस्ता भिडियो हेरेर प्रभावित हुन्छन् र उनीहरू पनि भ्लग बनाउने, च्यालेन्जहरू गर्ने जस्ता क्रियाकलापमा संलग्न हुन्छन्, जसले धेरै खाने अस्वस्थ बानीको विकास गर्छ । सानै उमेरमा मोटोपन र हर्मोनल समस्या बढ्दै गएको छ ।

मनोवैज्ञानिक रूपमा यो एक प्रकारको साइकोलोजिकल प्रभाव हो, जसले नयाँ पुस्तालाई गलत दिशातर्फ लैजान्छ । अभिभावकहरूले यसलाई रोक्नुपर्ने पोषणविद् भट्टराई बताउँछन् । ‘बालबालिकाले देखेर सिक्ने उमेरमा यस्ता कन्टेन्टले खानालाई आवश्यकता होइन, प्रदर्शनको साधन बनाइदिन्छ । यसले खाने विकारको जोखिम पनि बढाउँछ’ उनी भन्छन्।

सामाजिक र सांस्कृतिक प्रभाव

सांस्कृतिक रूपमा, कोरियामा परम्परागत रूपमा खाना सँगै खाने संस्कृति छ, तर मुकबाङले एक्लो जीवनशैलीलाई प्रतिबिम्बित गर्छ । दर्शकहरूले च्याटबाट होस्टलाई निर्देशन दिन्छन्, जस्तै ‘यो मिक्स गरेर खानुहोस्’। नेपालमा यो नेपाली खानाको प्रचार गर्छ, तर यसले खाना खेर जाने समस्या बढाउँछ ।

मुख्य समस्या इन्फ्लुएन्सरहरूको प्रभाव हो, जसले अनहेल्दी मार्केटिङ बढाउँछ । मुकबाङको लोकप्रियता सजिलो र छिटो भ्यूज कमाउने माध्यमबाट आउँछ, तर यो छोटो समयको चर्चाका लागि गरिने फन्डा हो जसले दीर्घकालीन रूपमा हानि गर्छ । यसले खाने बानीलाई देखावटी बनाउँछ, जबकि खानपान व्यक्तिगत र स्वास्थ्यकर हुनुपर्छ।

उदाहरणका लागि, चीनमा मुकबाङलाई प्रतिबन्ध लगाइएको छ । त्यहाँको सरकारले यसलाई सार्वजनिक अपराध ठानेर सोसल मिडियामा बन्देज लगाएको छ, किनकि यसले स्वास्थ्य समस्या र खाद्यान्न अपव्यय बढाउँछ ।

जिम्मेवार कन्टेन्ट क्रिएशनतर्फ ध्यान दिनुपर्छ

समग्रमा, मुकबाङले सामाजिक सञ्जालमा मनोरञ्जन दिन्छ तर यसको स्वास्थ्य, मनोवैज्ञानिक र सामाजिक प्रभावहरूलाई बेवास्ता गर्नु हुँदैन । यसलाई प्रोत्साहन गर्नुको सट्टा, स्वस्थ र जिम्मेवार कन्टेन्ट क्रिएशनतर्फ ध्यान दिनु उचित हुन्छ । डाइटिसियनहरू र विज्ञहरूको सल्लाह मात्र विश्वास गर्नु पर्छ, इन्फ्लुएन्सरहरूको होइन ।

स्रोतहरूको विश्वसनीयता जाँचेर मात्र फलो गर्नु आवश्यक छ । मुकबाङले फुड कल्चरलाई नयाँ रूप दिएको छ, तर स्वास्थ्यलाई प्राथमिकता दिएर मात्र यसलाई सकारात्मक दिशा दिन सकिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More