― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsदुर्गा प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा

दुर्गा प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा



३० कात्तिक, काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् ।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् ।

यो पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ ।

निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगे/नपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने बताउँदै आएको छ । मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ ।

दुर्गा प्रसाईं सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । उनलाई सरकारले चुनाव लडेर आउन र माग पूरा गर्न समेत आग्रह गर्दै आएको छ ।

यही कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग छलफल गरेकी थिइन् । त्यसबेला प्रधानमन्त्री कार्कीले झापामा पूराना नेता कमजोर भएको र दुर्गा प्रसाईं आउन सक्ने सम्भावना रहेको सुनाएकी थिइन् ।

यही कात्तिक २६ गते प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानसँग सरकारले वार्ता गरेको थियो ।

गृह मन्त्रालयस्थित सिंहदरबारमा भएको वार्तामा प्रसाईंका प्रतिनिधिले ७ मंसिरबाट हुने आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने बताएका थिए । साथै, दल दर्ता गरेर चुनावमा जाने समेत बताएका थिए ।

आइतबार प्रसाईं समर्थित दलका नेताहरू सनाखतका लागि निर्वाचन आयोगमै पुगेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More