― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsदाउन्नेमा अत्यावश्यक बाहेक सवारीलाई विकल्प खोज्न आग्रह

दाउन्नेमा अत्यावश्यक बाहेक सवारीलाई विकल्प खोज्न आग्रह


राष्ट्रिय

समाचार.

  • पछिल्लो तीन दिनयता जारी शीतलहरका कारण बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
  • नारायणगढ-बुटवल सडक योजनाले दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा ल्याएको छ र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
  • सडक चिप्लो हुँदा सवारी बिग्रने समस्या देखिएको र आवश्यक मर्मतसम्भार भइरहेको आयोजनाले जनाएको छ।

१५ पुस, काठमाडौं । पछिल्लो तीन दिनयता निरन्तर जारी शीतलहरका कारण निर्माणाधीन बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।

नारायणगढ-बुटवल सडक योजना (पश्चिम खण्ड) ले मंगलबार सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको हो । आयोजनाका अनुसार पछिल्लो तीन दिनदेखि नै दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।

सडक चिप्लो हुँदा साना तथा ठूला सवारीसाधन चिप्लिने, अड्किने र बिग्रिने समस्या भइरहेका छन् । यसले सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा गर्न कठिन भएको समेत आयोजनाले जनाएको छ ।

उक्त सडकखण्डमा आवश्यक मर्मत सम्भार समेत भइरहेको भन्दै आयोजनाले अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । सवारी सञ्चालन गर्दा लेनमा रही ट्राफिक नियम पूर्ण पालना गर्न समेत भनिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More