― Advertisement ―

HomeLatest newsराप्रपा नेपालले गर्‍यो पार्टी एकता अनुमोदन – KhabarHost

राप्रपा नेपालले गर्‍यो पार्टी एकता अनुमोदन – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गरेको छ।
  • राप्रपा नेपालले १६ पुसमा राष्ट्रिय सभा गृहमा एकता सभा गर्ने निर्णय गरेको छ।
  • अध्यक्ष कमल थापाले एकतापछि पार्टीलाई क्रियाशील हुन र निर्वाचनलाई आन्दोलनको रूपमा सदुपयोग गर्न केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो।

१५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको एकता प्रस्ताव अनुमोदन गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले राप्रपासँगको एकता प्रस्ताव अनुमोदन गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

भोलि १६ पुसमा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीले एकता सभा गर्दैछन् । राप्रपा नेपालको बैठकले एकता घोषणासभा भव्यतापूर्वक सम्पन्न गर्न नेता–कार्यकर्ता परिचालनको निर्णय पनि गरेको छ ।

एक पदाधिकारीका अनुसार केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष कमल थापा भावुक बनेका थिए । उनले संकटपूर्ण अवस्थामा आफूमाथि विश्वास राखी सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे ।

एकतापछि एकीकृत पार्टीमा पनि त्यसैगरी क्रियाशील हुन उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका थिए ।

कांग्रेस र कम्युनिस्टको विकल्प बन्ने भन्दै आएकाहरूमा सैद्धान्तिक अस्पष्टता रहेको भन्दै थापाले एकीकृत पार्टीले निर्वाचनलाई आन्दोलनको रूपमा सदुपयोग गर्ने बताए । बैठकमा महामन्त्री बर्तौलाले राप्रपासँगको एकताबारे जानकारी गराएका थिए ।





Read More