― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsसंसद् भंगविरुद्धको रिट सम्झँदै ओलीले भने– देश अप्ठेरोमा हुँदा अदालतले समय लिनु...

संसद् भंगविरुद्धको रिट सम्झँदै ओलीले भने– देश अप्ठेरोमा हुँदा अदालतले समय लिनु हुँदैन


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा अदालतले समयमै फैसला दिनुपर्ने बताएका छन्।
  • ओलीले असंवैधानिक ढंगले संसद् विघटन भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेका छन्।
  • सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले रिट दर्ता गराएका छन्।

१५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् ।

एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै उनले संवैधानिक अप्ठेरोलाई सहजतामा लैजान सर्वोच्च अदालतले गतिका साथ फैसला दिनुपर्ने बताए ।

‘हामी सम्मानित अदालतसमक्ष पनि आग्रह गर्न चाहन्छौं । कतिपय कुरा यस्ता हुन्छन् देश अप्ठेरोमा भएका बेला अदालतले सुविस्तासँग काम गर्ने बाटो लिन मिल्दैन,’ ओलीले भने, ‘देश अप्ठेरोमा छ भने अप्ठेरोलाई सहजतामा लैजानका लागि अदालतले तदारुकताका साथ निर्णय दिनुपर्दछ । फैसला दिनुपर्दछ ।’

अध्यक्ष ओलीले अनधिकृत सिफारिसमा असंवैधानिक ढंगले संसद् विघटन भएका कारण पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा अस्तित्वमा नआउँदासम्म एमालेको संसद् पुनर्स्थापनाको माग कायम रहने उनको भनाइ थियो ।

‘प्रतिनिधिसभा अनधिकृत सिफारिसमा असंवैधानिक ढंगले विघटन भएको छ । त्यसकारण त्यसको पुनर्स्थापना हुनुपर्छ,’ ओलीले भने, ‘हाम्रो यो स्पष्ट र दृढ माग हो । जबसम्म प्रतिनिधिसभाको अस्तित्व मौजुद हुँदैन, तबसम्म हाम्रो यो माग कायम रहन्छ ।’

२३ र २४ भदौको जेनजी आन्दोलनको कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी समूहहरूको सिफारिसमा २७ भदौमा सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्की मन्त्रिपरिषद्ले तत्कालीन प्रतिनिधिसभा भंग गरी निर्वाचन घोषणा गर्न सिफारिस गरेपछि राष्ट्रपतिले सोही दिन प्रतिनिधिसभा भंग गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन् ।

तत्कालीन सत्तागठबन्धनका दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले समेत रिट दर्ता गराएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More