― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsटी-२० विश्वकप २०२६ को उद्घाटनका लागि मुम्बई तयार, बादशाहदेखि नोराको प्रस्तुति

टी-२० विश्वकप २०२६ को उद्घाटनका लागि मुम्बई तयार, बादशाहदेखि नोराको प्रस्तुति


राष्ट्रिय

समाचार.

  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा २३ माघदेखि सुरु हुँदैछ र उद्घाटन खेल मुम्बईको वाङ्खेडे स्टेडियममा भारत र अमेरिकाबीच हुनेछ।
  • उद्घाटन समारोहमा भारतीय कलाकार बादशाह, नोरा फतेही, ऋषभ शर्मा र शिवमणिले सांगीतिक प्रस्तुति दिनेछन् र समारोह साँझ ६ बजे सुरु हुनेछ।
  • वाङ्खेडे स्टेडियममा सुरक्षा व्यवस्था कडा पारिएको छ र अधिकांश टिकटहरू सोल्डआउट भइसकेका छन् भने खेलका लागि तयारी पूरा भइसकेको छ।

२३ माघ, मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ शनिबार देखि भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु हुँदैछ । आयोजकमध्ये एक भारतले आफ्नो पहिलो खेल मुम्बईस्थित वाङ्खेडे स्टेडियममा अमेरिकासँग खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ ।

पहिलो दिन तीन खेल हुनेछ । तर पहिलो दिनको अन्तिम खेल अर्थात सह–आयोजक भारत र अमेरिकाबीच हुने खेलअघि मुम्बईको वानखेडे रंगशालामा भव्य उद्घाटन समारोहसँगै सुरु हुने भएको आईसीसीले जनाएको छ । यो समारोहले रोमाञ्चक प्रतियोगिताको माहोल तयार गर्नेछ ।

बादशाह देखि नोरा फतेहीसम्मको प्रस्तुति रहने

छोटो फर्म्याटको खेलकुदको यो मेलामा संगितलाई पनि जोड्दै उद्घाटन समारोहलाई अझ भव्य बनाउने प्रयास गरिएको छ । कार्यक्रममा संगीत, विशाल नृत्य संयोजन र दृश्यात्मक प्रस्तुतिसहितको आकर्षक मञ्चमा रूपान्तरण हुनेछ ।

उद्घाटन समारोहमा भारतीय कलाकारहरु ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् । यी चार जनाको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाइने आईसीसीले जनाएको छ ।

भारतीय समयअनुसार साँझ ६ बजेबाट उद्घाटन कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा ऋषभ शर्मा र शिवमणिको शक्तिशाली सांगीतिक मेड्लीबाट कार्यक्रम सुरु हुनेछ । शक्तिशाली सांगीतिक प्रस्तुतिले माहोल तात्नेछ ।

त्यसपछि जेटप्याक कलाकारमार्फत आईसीसी पुरुष टी–२० विश्वकप ट्रफीलाई आकर्षक शैलीमा रंगशालामा भित्र्याउनेछ, जसले त्यहाँ उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनेछ।

आईसीसी टी–२० विश्वकप ट्रफीलाई आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले स्वागत गर्नेछन् । उनीहरूसँगै प्रतियोगितामा सहभागी सबै राष्ट्रहरूको प्रतिनिधित्व गर्ने २० जना युवा दूतहरू पनि सहभागी हुनेछन्, जसले संयुक्त रूपमा प्रतियोगिताको औपचारिक उद्घाटन गर्नेछन् ।

ट्रफी आगमनपछि दर्शकहरूले शीर्षस्तरीय गायन तथा नृत्य प्रस्तुतिको आनन्द लिन पाउनेछन्। चर्चित गायक बादशाहले ऊर्जाशील प्रत्यक्ष प्रस्तुति दिनेछन् भने नोरा फतेहीले ठूलो समूहका नर्तकहरूसहित आकर्षक नृत्य प्रस्तुति दिनेछिन् । समारोहको अन्त्य दुवै कलाकारको संयुक्त भव्य फिनालेसँगै हुनेछ ।

टी–२० क्रिकेटको तीव्रता र ऊर्जा झल्काउने गरी तयार गरिएको यस समारोहमा खेल मैदानलाई एउटै दृश्यात्मक क्यानभासका रूपमा प्रयोग गरिनेछ र आधिकारिक प्रतियोगिता लोगो मुख्य प्रस्तुति मञ्चका रूपमा रहनेछ ।

आईसीसीका अनुसार उद्घाटन समारोहमा सहभागी हुन खेलका लागि टिकट लिएका दर्शकहरूले मात्र प्रवेश पाउनेछन् ।

यो अविस्मरणिय क्षणत्को साक्षी बन्न र दर्शकहरुका लागि कुनै पक्षि महत्वपुर्ण पल नछुटोस् भने समयमै रंगशालमा पुग्न आईसीसीले अनुरोध पनि गरेको छ ।

समारोहको समापन शानदार आतिशबाजीसँगै हुनेछ, त्यसपछि साँझ ७ बजे भारत र अमेरिकाबीचको खेलमार्फत मैदानमा प्रतिस्पर्धाको सुरुआत हुनेछ ।

उद्घाटन समारोहसँगै भारत र श्रीलंकामा आयोजना हुने बहुप्रतीक्षित १०औं संस्करणको टी–२० विश्वकप सुरु हुनेछ । १०औं संस्करणमा २० राष्ट्र सहभागी छन् र चार समूहमा विभाजन गरिएको छ । २० टोलीले ५५ खेल खेल्नेछन् । ट्रफी जित्का लागि सबैको दाबेदारी रहनेछ ।

यस्तो छ प्रतियोगिताको तयारी

वाङ्खडे स्टेडियम भारतको चर्चित रंगशालामध्ये एक हो । अरब सागरको किनारमा अवस्थित वाङ्खडे स्टेडियममा नेपाली टोलीले आफ्ना चारवटै खेलहरू खेल्दै छ ।

त्यसअघि यो मैदानमा शनिबार उद्घाटन खेल पनि हुँदैछ । भारत र अमेरिकाबीच हुने उद्घाटन खेलका लागि वाङ्खडे स्टेडियम लगभग तयार देखिएको छ ।

केही प्राविधिक पक्षबाहेक अन्य कामहरू भइसकेका छन् । पिच तयार भइसकेको छ भने बाउन्ड्री लाइनहरू पनि सेट भइसकेका छन् ।

बाउन्ड्री लाइनबाहिर रहेका विज्ञापन बोर्डदेखि स्कोरबोर्ड अनि डिजिटल स्क्रीनहरू पनि शु्क्रबार साँझ डेमो अभ्यास गरिएको थियो ।

मैदानमा हुने स्पाइडर क्यामेरा अनि प्रत्यक्ष प्रसारण हुने अन्य क्यामेराहरू पनि तयार भएका छन् ।

यहाँ शुक्रबार भारत र अमेरिकाको टोलीले अभ्यास गरेको थियो । अमेरिकाले विहान अनि भारतले दिउँसो नेट ट्रेनिङ गरेको थियो ।

रंगशालामा दर्शक व्यवस्थापनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ भने विभिन्न जोनहरू पनि छुट्याइएका छन् ।

वाङ्खडे स्टेडियम वरपर अहिले क्रिकेट समर्थकको संख्या बढिरहेको छ भने शनिबारको खेलका लागि अधिकांश टिकटहरू पनि सोल्डआउट भइसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More