― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsजगत टमाटासहित पाँच जना राखेपको सदस्यमा मनोनित – KhabarHost

जगत टमाटासहित पाँच जना राखेपको सदस्यमा मनोनित – KhabarHost


राष्ट्रिय

समाचार.

  • क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजनालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनित गरिएको छ ।
  • कुमार लामा, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा मनोनित भए ।
  • युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार उनीहरूलाई शपथग्रहण गराएका छन् ।

११ पुस, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा नियुक्त भएका छन् ।

टमाटासहित कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा नियुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको स्थानमा ५ सदस्य मनोनित गरेको हो ।

पाँचैजनालाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार शपथग्रहण गराएका छन् । सबैजनाको कार्यकाल चार वर्षको हुनेछ ।





Read More