― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsसंकट मोचक पूर्वरथीलाई परराष्ट्रको जिम्मेवारी – KhabarHost

संकट मोचक पूर्वरथीलाई परराष्ट्रको जिम्मेवारी – KhabarHost



११ पुस, काठमाडौं । नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्माले शुक्रबार परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले १०० दिन नाघेपछि शर्मालाई परराष्ट्रमन्त्री बनाएको छ ।

कार्कीको चाहना पहिल्यै शर्मालाई सरकारमा ल्याउने भए पनि त्यसलाई शर्माले लामो समयसम्म टारेका थिए । तर सरकारको भगिरथ प्रयासपछि १०० दिनपछि सरकारले शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको छ ।

संकटको समयमा कुनै न कुनै रुपमा जिम्मेवारी लिएर शर्माले भूमिका खेलेका उदाहरणहरू छन् । चाहे त्यो देशलाई संकट परेको सेना समायोजन होस्, कोभिड महामारी होस् वा अहिले जेनजी विद्रोहपछिको संकट हो ।

ठूला राष्ट्रिय संकटमा शर्माको भूमिका नै अपरिहार्य जस्तै देखिन्छ । लडाकु समायोजनबाट पार लगाउन, कोभिड महामारीमा जुध्नदेखि अहिले जटिल अवस्थामा रहेको देशलाई निर्वाचन गराएर सफल अवतरण गराउने भूमिकामा पनि शर्मा जोडिएका छन् ।

लामो समय नेपाली सेनामा काम गरेर अवकाश पाएका शर्मा स्वच्छ छवी र अन्तराष्ट्रियस्तरमा समेत परिचत व्यक्ति हुन् । १० वर्षसम्म सशस्त्र युद्ध गरेको माओवादीको जनमुक्ति सेनालाई नेपाली सेनामा समायोज गर्दा मुख्य भूमिका निभाएकाले शर्माको ख्यातिलाई विश्वस्तरमै निकै प्रशंसा गरिन्छ ।

उनै शर्माको मुख्य भूमिकामा माओवादी लडाकु नेपाली सेनामा समायोजन भएको थियो । अहिले पनि यसलाई उदाहरणको रुपमा लिँदै सैन्य क्षेत्रमा अध्ययन, अध्यापन हुँदै आएको छ ।

कुनै समयमा कट्टर सत्रुहरू अहिले कसरी एउटै संस्थामा मिलेर काम गरेका छन् भन्ने विषय अन्य देशका सैन्य क्षेत्रमा अहिले पनि उदाहरणको रुपमा नेपालको समायोजनालाई लिँदै अध्ययन हुने गरेको जंगी अड्डाका एक उच्च अधिकारी बताउँछन् ।

संसारमा सैन्य क्षेत्रमा उदाहरणको रुपमा लिइने नेपालको यो समायोजन मोडलका डीजाइनकार नै उनै शर्मा हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा पेचिलो विषय नै सेना सामायोजन थियो । कुन मोडलमा कसरी समायोजन हुने भन्ने विषय त्यतिबेला निकै रापतापले उठेको थियो ।

सरकारले त्यतिबेला सेना समायोजनका विशेष समिति बनाएको थियो । उक्त समितिको संयोजक अहिले परराष्ट्र मन्त्री बनेका उनै शर्मा थिए । उनै शर्माले सबैलाई मन्जुर गराएर समायोजनको खाका बनाएका थिए ।

त्यतिबेला माओवादी लडाकुका कमाण्डर नन्द किशोर पुन पासाङले छाती नापेर नेपाली सेनामा समायोजन नहुने समेत बताएका थिए । तर शर्माकै सक्रियतामा सेनाका लागि चाहिने सबै योग्यता पूरा गरेर समायोजन गरियो ।

उनै शर्माको सक्रियतामा पहिलो चरणमा प्रमाणीकरणमा समेटिएका करिब ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र बाँकीलाई पनि शान्तिप्रक्रियामा जोखिम नहुनेगरी घर फर्काइएको थियो । यो कामले शर्माको निकै प्रशंसा भयो । निकै कठिन मानिएको समायोजन प्रक्रिया चाँडै टुंगिएपछि यसलाई धेरैले चामत्कारिक समेत भनेका थिए ।

उनै शर्माले देश कोभिडको संकट परेका बेला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख भएर काम गरेका थिए । कोरोना महामारीले देश आक्रान्त बनेका बेला उनै शर्मा नेतृत्वको सीसीएमसीले राम्रो काम गरेको थियो ।

सबै पक्षलाई समेटेर काम गर्नसक्ने क्षमताका शर्मा सैन्य क्षेत्रका पनि कुशल कमाण्डर मानिन्छन् । उनी २०२५ सालमा नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा भर्ना भएर रथीबाट अकावश भएका थिए ।

उनले सेनामा छँदा संयुक्त राष्ट्र संघको फोर्स कमाण्डरको रुपमा समेत काम गरेका थिए । नेपाली सेनाको यति लामो इतिहासमा अहिलेसम्म जम्मा आठ जना मात्रै फोर्स कमाण्डर बनेका छन् । जसमा शर्मासँगै कृष्णनारायण सिंह थापा, भिक्ट्री शमशेर जबरा, पवनजंग थापा, पूर्णचन्द्र थापा, इश्वर हमाल, निर्मलकुमार थापा र अहिले आठौं फोर्स कमाण्डकार रुपमा रथी गणेश कुमार श्रेष्ठ छन् । श्रेष्ठ अहिले अबई क्षेत्रको फोर्स कमाण्डर हुन् ।

शर्मा भने फोर्स कमाण्डरको रुपमा सिरियाको गोलान हाइटमा कार्यरत थिए । त्यतिनै बेला उनलाई प्रधानसेनापति बन्ने अवसर आउँदा समेत इन्कार गरेको चर्चा सैनिक वृत्तमा सुनिन्छ । २०६२/६३ को जनआन्दोलनमा व्यापाक दमन गरेको आरोपमा रायमाझी आयोगले त्यतिबेलाका प्रधानसेनापति प्यारजंग थापालाई कारबाही सिफारिस गरेको थियो ।

थापापछि प्रधानसेनापति बन्ने लाइनमा रुक्मांगद कटवाल थिए । त्यसपछि शर्मा । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कटवाललाई छाडेर शर्मालाई प्रधानसेनापतिको अफर गरेको चर्चा सैन्य वृत्तमा सुनिन्छ । तर त्यसलाई शर्माले अस्वीकार गरेको बताउने गरिन्छ ।

अहिले फेरि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका शर्मालाई आफ्नो क्षमता पुन: एक पटक सिद्ध गर्ने चुनौती र अवसर दुबै एकै पटक आएको छ । सरकारले केही देशका राजदूतलाई समेत फिर्ता गरेको अवस्थामा शर्मा परराष्ट्र मन्त्री बनेका छन् ।

यता मन्त्रालयको जिम्मेवारी सम्हाल्दै शर्माले भने नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् ।

‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौं, त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदूतहरूको आफूले विभिन्न मुलुकमा गरेका कामहरू हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ’ उनले भनेका छन् ।

निर्वाचनको सम्बन्धमा छिमेकी देशहरूसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने पनि उनले बताएका छन् । मित्र राष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिबद्धता उनको छ ।

‘मैले छिमेकी देशहरूसँग सकारात्मक रुपमा भूमिका खेल्छु । उनीहरू उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More