― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsगगनले लिखित दर्ज गरेको अतिरिक्त प्रस्तावमा के छ ? – KhabarHost

गगनले लिखित दर्ज गरेको अतिरिक्त प्रस्तावमा के छ ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको कार्यतालिका सोमबार पारित भएको छ ।
  • सोही दिन महामन्त्री गगन थापाले अतिरिक्त प्रस्ताव लिखित रूपमा केन्द्रीय समितिमा दर्ता गरेक छन्।
  • महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मत पारित भएको छ।

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिसकेपछि महामन्त्री गगन थापाले आफ्नो अतिरिक्त प्रस्तावका विषयमा केन्द्रीय समितिमा विचार राख्न चाहेका थिए ।

कार्यबाहक सभापतिले महामन्त्री थापालाई धारणा राख्नुभन्दा लिखित प्रस्ताव दर्ता गर्न आग्रह गरे । महामन्त्रीनिकट केन्द्रीय सदस्यहरूका महाधिवेशनको तालिका र समय ग्यापबारे उनले आफ्नो धारणा राख्न चाहेका थिए ।

कार्यवाहक सभापतिले महामन्त्री थापा बोल्न सुरु गरेपछि बहस दोहोरिने भन्दै लिखित दर्ज गर्न आग्रह गरेका थिए । कार्यबाहक सभापतिको आग्रहपछि महामन्त्रीले अतिरिक्त प्रस्ताव लिखित रूपमै प्रस्तुत गरे । यसपछि थापाको अतिरिक्त प्रस्ताव के थियो भन्ने आमजिज्ञासा देखियो ।

एक केन्द्रीय सदस्यले भने, ‘नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्‍यो । कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वत: विशेष महाधिवेशन हुनेछ’ भन्ने मुख्य विषयवस्तु नै अतिरिक्त प्रस्तावको सार हो ।’

कार्यतालिका बमोजिम १५ औं महाधिवेशन नगर्ने नियत देखिए विशेष महाधिवेशनको प्रक्रियामा जाने संस्थापनइतर पक्षले जनाइसकेको छ ।

सभापति शेरबहादुर देउवानिकट शीर्ष तहका नेताहरू विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता गरेर मात्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पक्षमा थिए ।

सभापति देउवा निवासमा भएको शीर्ष नेताको बैठकमा दुई महामन्त्री थापा र शर्माले हस्ताक्षर फिर्ता लिने नसकिने अडान लिएपछि देउवाले यथास्थितिमै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन निर्देशन दिए । ।

सभापति देउवा स्वयं कार्यतालिका ल्याउने पक्षमा देखिएपछि चुनावअघि महाधिवेशन गर्न हुँदैन भन्ने पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि पूर्वअडानबाट पछि हटेका थिए ।

सोही अनुसार पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने गरी सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति खड्काले कार्यतालिका पेश गरे । सो कार्यतालिका सर्वसम्मत पारित भइसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More