― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsएमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी


राष्ट्रिय

समाचार.

  • काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
  • उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने र उजुरी दिने समय साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ।
  • पुस १ गते नयाँ कार्यसमिति चयनका लागि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका तयार गरिएको छ।

२९ मंसिर, काठमाडौं। काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरे पनि शीर्षतहमा सहमतिको प्रयास भइरहेको छ । अध्यक्ष ओली पक्षका नेताहरु अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन् ।

भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उदघाटन भएको एमालेको एघारौं महाधिवेशनको बन्दसत्र २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

बन्दसत्र सुरुहुनु अघि बसेको दशौं महाधिवेशनबाट चुनिएको एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा भएको विधान महाधिवेशनको निर्णय उल्ट्याएको थियो ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी जम्मा १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिएको थियो । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ ।





Read More