― Advertisement ―

AI ले उत्पादनलाई छिटो र सुधार गर्दैछ, लाखौं सिर्जनाकर्ताहरूलाई राम्रो क्यामेरा र सामानहरूमा लगानी गर्न प्रेरित गर्दैछ।

माइक्रोफोनमा ड्राइभ गर्ने सीमा, स्मार्टफोनहरू gimbals, र समर्पित क्यामेराहरूसृष्टिकर्ताहरूले गियर अपग्रेडमा सयौं र हजारौं लगानी गर्दा सहायक खर्च बढ्छएआई-संचालित उत्पादन वृद्धिले क्याप्चर कमजोरीहरू उजागर...
HomeLatest newsअमेरिकी डलरको भाउ स्थिर, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

अमेरिकी डलरको भाउ स्थिर, अरू विदेशी मुद्राको अवस्था कस्तो ?



२९ मंसिर, काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर छ । युरोको भाउ भने आज बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । आइतबार पनि डलरको भाउ यही नै थियो ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा छ । आइतबार युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो ।

युके पाउण्ड स्टर्लिङको भाउ भने आज केही बढेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा छ । आइतबार पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा थियो ।

स्वीस फ्रयाङ्कको भाउ आज घटेको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८२ रुपैयाँ १३  पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा थियो ।

यसैगरी आज अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

हेर्नुहोस् आजको विनिमय दर– 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More