― Advertisement ―

HomeLatest newsसैनिक मञ्चमा ३१औं स्थापना दिवस मनाउँदै काठमाडौं महानगर, राष्ट्रपति पनि सहभागी हुने

सैनिक मञ्चमा ३१औं स्थापना दिवस मनाउँदै काठमाडौं महानगर, राष्ट्रपति पनि सहभागी हुने


राष्ट्रिय

समाचार.

  • काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मनाउनेछ।
  • स्थापना दिवसको अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहनेछ र विभिन्न श्रष्टाहरुलाई सम्मान गरिनेछ।
  • राष्ट्रिय सभागृहमा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको महानगरले स्थापना दिवस मनाउन लागेको हो ।

सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहने छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More