― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsसुदूरपश्चिम कांग्रेसका ६ जिल्ला सभापतिहरुले भने– विशेष महाधिवेशन विधान विपरीत

सुदूरपश्चिम कांग्रेसका ६ जिल्ला सभापतिहरुले भने– विशेष महाधिवेशन विधान विपरीत



२५ पुस, काठमाडौं । सुदूरपश्चिम क्षेत्रका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनलाई ‘विधान विपरीत’ भन्दै सहभागी नहुन अपिल गरेका छन् ।

बझाङ जिल्ला सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्र बहादुर सिंह, डडेलधुरा सभापति भिम साउँद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ । कतिपय जिल्ला सभापतिहरु विशेष महाधिवेशनको पक्षमा खुलिरहेका बेला सुदूरपश्चिमका जिल्ला सभापतिहरुले भने विशेषको सट्टा नियमित महाधिवेशन नै गर्नुपर्ने बताएका छन् ।

पार्टीको विधानभा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरुले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् । ‘पदाधिकारी वा सदस्यले व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई हार्दिक अपिल गर्दछौं ,’ विज्ञप्तिमा लेखिएको छ ।

उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न पनि आह्वान गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले भने महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार विशेष महाधिवेशन गर्न लागेकाले विधानसम्मत भएको बताउँदै आएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More