― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsमतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने

मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले राजनीतिक दललाई देशभरका मतदाताको विवरण रु १० हजार तिरेर विद्युतीय रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।
  • एउटा प्रदेशको मतदाता विवरण रु पाँच हजार तिरेर र जिल्लाभर वा निर्वाचन क्षेत्रको विवरण रु तीन हजार तिरेर लिन सकिनेछ।
  • मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण मात्र उपलब्ध गराइनेछ र फोटोसहितको नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन्।

२५ पुस, काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ ।

प्रदेशको मात्र विवरणलाई ५ हजार

एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ ।

निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने छ ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्नसक्ने कुराको जानकारी मतदाता, दल र उम्मेदवारलाई दिनुपर्नेछ ।

कुनै मतदाताले आफ्नो मतदाता नमावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउनेगरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।

जिल्ला र एक निर्वाचन क्षेत्रको मतदाता नामावलीलाई ३ हजार 

यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यस्तो दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले तोकिएको दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावलीको विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ ।

त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि रु तीन हजार लिनुपर्नेछ ।

त्यस्तो विवरण उपलब्ध गराउँदा पनि मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन पाइनेछैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More