― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsसंसद् पुनर्स्थापनालाई खुला राख्दै निर्वाचनमा होमिनुपर्छ : सिंह – KhabarHost

संसद् पुनर्स्थापनालाई खुला राख्दै निर्वाचनमा होमिनुपर्छ : सिंह – KhabarHost



५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए ।

‘चुनाव २१ गतेको छ । यहाँ सुरक्षा व्यवस्थाको अवस्था हेर्‍यो जस्तै आजभोलि नै के होला भन्ने खालको असुरक्षाको महशुस भइरहेको छ । सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु उदाहरणेको छ, त्यो बोलेर मात्रै होइन, गरेर देखाउनु पर्‍यो । ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो । तर कथं कदाचित विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ । अब हामी निर्वाचनको लागि तयार हुनुपर्छ,’ उनले भने ।

वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरेपनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको उनको भनाइ थियो । पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

‘महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो । आम निर्वाचनको लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नी, मतदाता नामावलीको अपडेट पुरा भएपछि न निर्वाचनको प्रक्रिया शुरु हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन हुनको लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई कांग्रेसको विधानअनुसार हुनुपर्छ,’ सिंहले भने ।

महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न समेत उनले आग्र गरे । तर महाधिवेशन विधिअनुसार हुनुपर्ने उनको भनाइ थियो ।

‘महाधिवेशन किन नहुने ? सर्वसम्मत रुपमा कार्यतालिका पारित भएको छ । यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ । कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपुर्‍याईविधि मिचेर महाधिवेशनलाई अगाडी बढाउने भन्ने चाहीँ हुँदैन,’ सिंहले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More