― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsइस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि

इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि


राष्ट्रिय

समाचार.

  • पहिलो पटक आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ।
  • कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा इस्ट बंगालले नेपाल एपीएफलाई ३-० ले हराएको हो।
  • इस्ट बंगालले प्रतियोगिताभर अपराजित रहँदै कुनै गोल कन्सिड नगरेको छ।

५ पुस, काठमाडौं । पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा नेपालको एपीएफलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो ।

त्रिपेश्वरस्थित दशरथ रंगशालामा ८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले फाइनलमा इस्ट बंगालसामु खासै अवसर बनाउन सकेन । इस्ट बंगालका लागि कप्तान फजिला इक्वापुटले दुई तथा सिल्की देवी हेनानले एक गोल गरिन् ।

कप्तान फजिला इकापुटले २२औं मिनेटमा गोल गरेकी थिइन् । इस्ट बंगालकी सरिता युमनानको प्रहार मनमाया दमाईँले हेड मार्फत क्लियर गर्न खोजेपनि सफल नभएपछि फजिलाले बल पाइन् । उनले हानेको प्रहार गीता रानालाई लाग्दै गोल भएको हो ।

३५औं मिनेटमा असलतादेवीको क्रसमा सिल्की देवी हेनानले पेनाल्टी बक्स भित्रबाट हेड मार्फत गोल गर्दै अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफ सुरु भएलगत्तै फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै इस्ट बंगाललाई ३-० ले अगाडि राखिन् । फजिलाले पेनाल्टी बक्सको बाहिरबाट गीता रानालाई छलाउँदै हानेको प्रहार गोल भएको हो ।

एपीएफकी गोलकिपर अन्जना राना मगरको गल्तीमा गोल भएको थियो । त्यसपछि कुनै गोल भएनन् र इस्ट बंगाल च्याम्पियन बन्यो ।

च्याम्पियन इस्ट बंगालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता एपीएफले ५ हजार डलर पाएको छ । उपाधि जित्ने क्रममा इस्ट बंगाल अपराजित रह्यो । कुनै गोल समेत कन्सिड गरेन ।

त्यसमा युगान्डा राष्ट्रिय महिला फुटबल टिमकी उपकप्तान समेत रहेकी फजिला काठमाडौंमा भएको प्रतियोगिताभर नै पूरा छाइन् । उनले कूल ९ गोल गरिन् ।

पहिलो खेलमा ट्रान्सपोर्ट युनाईटेड लेडिज विरुद्ध दुई गोल गरेकी उनले नसरिन स्पोर्ट्स एकेडेमी विरुद्ध ५ गोल गरिन् ।

फजिला त्यस्ती खेलाडी हुन् जसले सन् २०१८ मा युईएफए महिला च्याम्पियनसिप लिग अन्तर्गत काजखस्तानको बिक काजीगर्टबाट खेल्दै बार्सिलोना विरुद्ध गोल गरेकी थिइन् ।

फाइनलअघि दुवै टोली अपराजित थिए । तर फाइनलमा इस्ट बंगालले आफू बलियो भएको प्रमाणित गर्यो ।





Read More