― Advertisement ―

LG C5 5-तारे OLED TV हो जुन म विश्व कप र GTA 6 दुवैका लागि सिफारिस गर्छु — र तपाईंले प्राइम डे अगाडि रेकर्ड-कम...

The LG C5 सजिलैसँग उत्कृष्ट मध्ये एक हो OLED TV हरू जुन मैले कहिल्यै परीक्षण गरेको छु र यसको 55-इन्च मोडेलले £ 989.99 को...
HomeLatest newsप्रधानमन्त्री बनेर गोरुजस्तै जोतिएर सेवा गर्ने मन छ : विप्लव – KhabarHost

प्रधानमन्त्री बनेर गोरुजस्तै जोतिएर सेवा गर्ने मन छ : विप्लव – KhabarHost



५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।

‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौं, जेल पनि गयौँ, किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमिहरु एक चोटी गरेर देखाउ न भनेर तपाईंहरूले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरू जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौं,’ विप्लवले भने ।

सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको समेत उनको भनाइ छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।

‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन,’ उनले भने ।

सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

‘हाम्रो पार्टीले के भनेको छ भने नयाँ अन्तरिम सर्वपक्षीय सरकार बनाएर जेनजीका मागहरु सम्बोधन गरेर अनि सम्भव हुन्छ भने नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि माग हो, हाम्रो पार्टीको पनि माग हो,’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More