― Advertisement ―

माइक्रोसफ्टका सीईओ सत्य नडेलाद्वारा दिनको उद्धरण: ‘हाम्रो उद्योगले परम्परालाई सम्मान गर्दैन – यसले नवाचारलाई मात्र सम्मान गर्छ’ – एक संचार मुद्राङ्कन प्राधिकरण

प्राविधिक कम्पनीहरू, सिलिकन भ्यालीका र सेटभन्दा बाहिरका अन्यहरू जस्तै Microsoft मार्फत विभिन्न वर्ष गरिँदै आएको छ। IBM र Toshiba जस्ता धेरै पुराना टेक दिग्गजहरूले...
HomeLatest newsराष्ट्रिय लिगमा नेपाल पुलिसको पहिलो जित – KhabarHost

राष्ट्रिय लिगमा नेपाल पुलिसको पहिलो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
  • सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विवश चौधरीले गरेको आत्मघाती गोल पुलिसको जितमा निर्णायक सावित भयो।
  • पुलिसले चार खेलबाट ४ अंक जोडेको छ भने श्री भगवतीले पनि चार खेलमा ४ अंक मात्रै जोडेको छ।

१२ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आत्मघाती गोल मदतमा पुलिसले श्री भगवतीलाई हराउँदै ३ अंक जोडेको हो ।

श्री भगवतीका विवश चौधरीले ३७औं मिनेटमा गरेको आत्मघाती गोलमा पुलिसले अग्रता लिएको थियो । पुलिसका फरवार्ड मनिस सेढाईंले दायाँ भागबाट हानेको क्रसलाई बचाउने क्रममा विवशले आत्मघाती गोल गरेका हुन् ।

चार खेलमा पहिलो जित हात पारेको पुलिसले चार खेलबाट ४ अंक जोडेको छ । श्री भगवतीको यो दोस्रो हार हो । चार खेल खेलिसकेको श्री भगवतीको पनि ४ अंक नै छ ।





Read More