― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsएसपीए कलेज र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच प्रायोजन सम्झौता

एसपीए कलेज र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच प्रायोजन सम्झौता


राष्ट्रिय

समाचार.

  • धनगढीको एसपीए कलेज र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच तीन वर्ष मुख्य प्रायोजन रहने सम्झौता भएको छ।
  • सम्झौताअनुसार महिला तथा पुरुष राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीले एसपीए कलेजमा शतप्रतिशत छात्रवृत्ति पाउने छन्।
  • प्रदेशका क्षेत्रीय प्रतियोगिता खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्ति पाउने र आर्थिक अभावले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको छ।

१२ माघ, काठमाडौं । धनगढीको एसपीए कलेज (सुदूरपश्चिमाञ्चल एकेडेमी) र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिम बिच तिन वर्ष मुख्य प्रायोजन रहने गरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीबीच हस्ताक्षर भएको छ ।

सम्झौता पछि प्रतिक्रिया दिदैं एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमको क्रिकेट विकासका लागि मुख्य प्रायोजन गरेको बताए । ‘यो साझेदारी मार्फत सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलको विकास, प्रवर्द्धन, व्यवस्थापन तथा खेलाडी उत्पादनका कार्यक्रमहरूलाई सुदृढ बनाउने लक्ष्य राखेका छौं।’

प्रबन्ध निर्देशक शाहीले भने, ‘सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ सँगको यो सहकार्यले नेपाली क्रिकेटको भविष्यलाई थप सशक्त बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएका छौं।’

सम्झौताले सुदूरपश्चिमका प्रतिभावान् खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुने र प्रदेशका खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए ।

‘प्रदेशस्तरीय क्रिकेटका विभिन्न गतिविधिहरू सञ्चालनका लागि तीन वर्षका लागि एसपीएले आवश्यक आर्थिक सहयोग प्रदान गर्ने भएका कारण यो प्रदेशलाई क्रिकेटमय बनाउन यसले मदत मिलेको छ’ संघका अध्यक्ष जोशीले भने, ‘आगामी दिनमा पनि क्रिकेटको ग्रासरुटका गतिविधिहरू सँगै नयाँ खेलाडी उत्पादन तिर पनि हामी लाग्छौं।’

सम्झौता अनुसार सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेल्ने महिला तथा पुरुष खेलाडीहरूले एसपीए कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् ।

यस्तै, प्रदेशका जिल्लाहरूको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगिता खेल्ने खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्ति सुविधा पाउने छन् । यसले आर्थिक अभावका कारण कुनै पनि प्रतिभाशाली खेलाडीहरूले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

हाल एसपिए कलेजसँग १७ भन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More