― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsसाफ फुटसल च्याम्पियनसिपमा नेपाल तेस्रो – KhabarHost

साफ फुटसल च्याम्पियनसिपमा नेपाल तेस्रो – KhabarHost


राष्ट्रिय

समाचार.

  • थाइल्यान्डमा सम्पन्न पहिलो साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष टोली तेस्रो स्थानमा रहँदै कांस्य जितेको छ।
  • माल्दिभ्सले ६ खेल जित्दै अपराजित रहँदै साफ फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ।
  • साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल १० अंक जोडेर चौथो स्थानमा रहँदा बंगलादेशले उपाधि जितेको छ।

१२ माघ, काठमाडौं । थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष फुटसल टोली तेस्रो भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

थाइल्यान्डको बैंककमा भएको साफ फुटसल च्याम्पियनसिपको उपाधि भने माल्दिभ्सले जित्यो । माल्दिभ्सले खेलेको ६ वटै खेल जित्दै अपराजित रहेर च्याम्पियन भएको हो ।

नेपालले ३ जित २ बराबरी र १ हारको नतिजासहित ११ अंक जोडेर तेस्रो हुँदै कांस्य जितेको हो । भारतले समान ११ अंक जोडेर उपविजेता हुँदै रजत जित्यो । समूह चरणमा नेपालले भारतसँग बराबरी खेलेको थियो । समान अंक भएपनि गोल अन्तरमा अघि रहँदै भारत दोस्रो भएको हो ।

समूह चरणको अन्तिम दिन सोमबार नेपालले भुटानलाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको थियो । नेपालका लागि पेम्बा दोर्जे लामाले २ तथा कप्तान विजय श्रेष्ठ र सरोज तामाङले समान एक गोल गरेका थिए ।

तर त्यसपछि भएको खेलमा भारतले पाकिस्तानलाई पनि ४-१ ले नै पराजित गर्दै नेपाल समान अंक जोडेको थियो । भारतको गोलअन्तर ९ हुँदा नेपालको ६ मात्र थियो ।

यस्तै यसअघि नै उपाधि पक्का गरिसकेको माल्दिभ्सले अन्तिम खेलमा श्रीलंकालाई ५-२ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो ।

यस्तै साफ महिला फुटसल च्याम्पियनसिपमा भने नेपालको महिला टोलीको प्रदर्शन मिश्रित रह्यो । महिलातर्फ नेपाल १० अंक जोडेर चौथो स्थानमा रह्यो । बंगलादेशले अपराजित रहँदै उपाधि जित्दा भारत दोस्रो र भुटान तेस्रो भयो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More