― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsम कुनै पार्टी सदस्य छैन – KhabarHost

म कुनै पार्टी सदस्य छैन – KhabarHost



२२ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नरहेको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदका लागि सहमति (सम्झौता) गरेका घिसिङले कुनै पनि दलको सदस्य नभएको दाबी गरेका हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले दलमा आबद्ध नभएको बताए ।

प्रश्नकर्ताले सोधेका थिए – तपाईं नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि रास्वपाको मन्त्री हो ?

त्यसपछि प्रतिक्रिया दिएका घिसिङले भने, ‘म कुनै पनि पार्टीको सदस्य छैन ।’

पुस १४ गते सोमबार राति रास्वपा र घिसिङ संरक्षक रहेको ऊज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको थियो । घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ साक्षी बसेका थिए ।

कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएको हो।

सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए । बालेनले साक्षीका रूपमा हस्ताक्षर गरे ।

सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,’ सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More