― Advertisement ―

‘यसमा राम्रो हुनको लागि तपाई सुपर हार्डकोर हुनु आवश्यक छैन’ – पिको पार्कका अध्यक्ष आगामी क्रसओभर खेलको साथ सोनिकलाई पूर्ण नयाँ दर्शकहरूमा ल्याउँदै

आगामी खेलपार्क खेलआगामी खेल Sonic बृहत्तर दर्शकमाझ ल्याउने उद्देश्यले राखिएको छयो "उठाउन र खेल्न धेरै सजिलो" हुने उद्देश्यले राखिएको छ"धेरै मानिसहरूलाई थाहा छ...
HomeLatest newsप्रधानमन्त्रीसँग मधेशका प्रदेश प्रमुखको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्रीसँग मधेशका प्रदेश प्रमुखको शिष्टाचार भेटवार्ता



२२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेश प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन् । साथै पछिल्ला दिनमा मधेशमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन् ।

‘मधेश प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’

आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरुतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।

‘देश अब पूरै निर्वाचनको मुडमा गइसकेको छ,’ उनले भनिन्, ‘यस्तो समयमा कतिपय तत्त्वले चुनौती खडा गर्न सक्छन् । त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने हुन्छ । तपाईँ पनि अभिभावकका रुपमा पहल गर्नुहोस् । राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ ।’

प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए ।

प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका दुई महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई मिथिलाका स्थानीय कलाकारले बनाएको जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक उपहार पनि दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More