― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsमुख्यमन्त्री पाण्डे – KhabarHost

मुख्यमन्त्री पाण्डे – KhabarHost



२९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने खतरा रहेको बताएका छन् ।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन् ठूलो संकट निम्त्याउने जिकिर गरे ।

उनले भने, ‘२१ फागुनमा जसरी पनि निर्वाचन गर्नुपर्छ । एक पटक निर्वाचन सारियो भने अथवा एउटा प्रधानमन्त्री फेरियो भने यो मुलुक फेरि राजनीतिक अस्थिरतामा कहाँ गएर फस्छ ? त्यो भन्न सकिने अवस्था छैन । त्यसैले हामीले दिएकै डेटमा, घोषणा गरिएकै डेटमा यही सरकारबाट निर्वाचन सम्पन्न गराउनुपर्छ । यदि त्यसो गर्न सकिएन भने मुलुकमा राजनीतिक अस्थिरता अझ बढ्न जान्छ ।’

उनले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनपछि सुरक्षाकर्मीहरुको मनोaल कमजोर हुने काम भएकाले त्यसलाई सशक्त बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।





Read More