― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest news‘एमालेविरुद्धको घेराबन्दी तोड्न नीति र नेतृत्वमा परिवर्तन’

‘एमालेविरुद्धको घेराबन्दी तोड्न नीति र नेतृत्वमा परिवर्तन’



पोलिटब्यूरो सदस्यमै तेस्रो कार्यकाल पूरा गर्ने थोरै एमाले नेतामा पर्छन्, अरुण नेपाल । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष नेपाल तीनैपटक केन्द्रीय सदस्य पनि बने ।

यसरी समय केन्द्रीय कमिटीमा बसेका नेपाल यो महाधिवेशनबाट पदाधिकारी हुने तयारीमा छन् । आफ्नो दाबीलाई स्वभाविक मान्ने अरुण नेपाल यसपटक एमालेको नीति र नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा छन् ।

उनै, पोलिटब्यूरो सदस्य अरुण नेपालसँगको संक्षिप्त संवाद:

यो महाधिवेशनलाई कसरी लिनु भएको छ ? यसले कस्तो सन्देश दिनु पर्छ ?

एउटा विशिष्ट अवस्थामा महाधिवेशन हुँदैछ ।  तीन महिना मात्रै देशमा धेरै ठुलो घटना भयो । राजनीतिक दलका नेता र उनीहरुको भौतिक संरचनामा आक्रमण भयो ।  दुई वर्षपछि हुनुपर्ने चुनाव यसै वर्ष घोषणा भएको छ ।

मुलुकमा नागरिक सरकारका नाममा अनिर्वाचित सरकार छ ।  दलहरु पृष्ठ भागमा छन् । संविधान खण्डित छ ।  जेनजी आन्दोलनले देशमा एउटा फरक मनोविज्ञान निर्माण गरेको छ । पार्टी, तिनीहरुका  नीति, नेतृत्व, कार्यशैली आदिमा परिवर्तनको खोजी भइरहेको छ । यो महाधिवेशनले यिनै विषयहरुमा पनि एउटा सन्देश दिनुपर्नेछ । यसो गर्न सकियो भने मात्र एमाले जनताको लोकप्रिय बन्न सक्छ ।

नेतृत्वका लागि प्रष्ट दुई लाइन संघर्ष देखिन्छ, यसबारे के भन्नु हुन्छ ?

अहिले नेतृत्वको लागि दुई जना कमरेडहरु प्रतिस्पर्धामा हुनु हुन्छ ।  अन्य पदहरुमा पनि स्वाभाविक प्रतिस्पर्धा हुनेछ । एउटा लोकतान्त्रिक र जीवन्त पार्टीमा पतिस्पर्धा हुनु स्वाभाविक हो ।  केही समयदेखि पार्टीमा प्रतिस्पर्धी चरित्र कमजोर बन्दै गएको थियो । पँजनीको प्रकृया मात्र हुने गरेको थियो । जनसंगठनदेखि नै यो अभ्यास हुँदा पार्टी थप भुत्ते भएको पक्कै हो । यो महाधिवेशनबाट प्रतिस्पर्धाको परम्परा पुन: स्थापित हुनेछ भन्ने विश्वास गरिएको छ ।  दुई जनाले नेतृत्व दावी गरे पछि दुई वटा टिम बन्नुलाई अन्यथा मान्नु हुँदैन ।

पार्टी संकटमा छ ।  चौतर्फी घेराबन्दी छ ।  यस्तो बेलामा बर्तमान नेतृत्वलाई परिवर्तन गर्ने होइन यसलाई नै बलियो बनाउनु पर्छ भन्ने धारणा पनि सुनिन्छ ।  यसबारेमा के भन्नु हुन्छ ?

पार्टी संकटमा छ यो साँचो हो । तर, संकट कहाँबाट सुरु भयो ? यसको स्रोत के हो प्रष्ट हुनुपर्छ ।  हाम्रो पार्टीभित्रको समस्या बाहिरका अरु कोही आएर उत्पन्न गरि दिएका हैनन् ।  न त यसलाई पार्टीका तल्ला कमिटी, कार्यकर्ता वा जनताले उत्पन्न गरिदिएका हुन् ।  समस्या माथिबाटै सुरु भएको हो ।

जब पार्टीलाई नीति, बिधि अनुसार चलाइँदैन, बिचार–सिद्धान्त गौण हुन पुग्छ ।  संगठनमा पक्षपात हुन्छ, आन्तरिक जनवाद खण्डित हुन्छ, नीतिको ठाउँमा व्यक्तिलाई स्थापित गरिन्छ तब संकट पनि सुरु हुन्छ ।  अहिले भएको यही हो र यो समस्या नयाँ पनि होइन ।  बिगत केही बर्षदेखि यो प्रवृत्ति निरन्तर जारी छ र यो काम प्रमुख नेतृत्वबाटै भइहेको छ ।  यसलाई नबुझ्ने र परिवर्तन नगर्ने हो भने संकट झन् गहिरिदै जाने निश्चित छ ।  त्यसैले पार्टीमा परिवर्तन र पूनर्गठनको विषय उठेको हो ।

जहाँसम्म घेराबन्दीको कुरा छ एमाले अहिले मात्रै घेराबन्दीको सिकार भएको होइन । लामो समयदेखि हामी यसको चपेटामा छौ । दासढुंगा घटना देखि नै यसको श्रृंखला सुरु भएको हो । घेराबन्दीको चर्चा चाहिँ हामी धेरै गर्छौ । तर त्यसलाई तोड्ने योजना बनाउँदैनौ । पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र एकताबद्ध गरेर मात्र घेराबन्दीलाई परास्त गर्न सकिन्छ । यसकारण पनि पार्टीको नीति र नेतृत्वमा परिवर्तन आवश्यक भएको हो ।

परिवर्तित परिस्थितिमा केन्द्रीय कमिटीमा आउनेहरु कस्तो हुनु पर्छ जस्तो लाग्छ ?

यो महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीमा आफ्नो विबेक प्रयोग गर्न सक्ने, बिचार, सिद्धान्त र राजनीति बुझेको पंक्ति आउनुपर्छ ।  सक्रिय, स्वच्छ, पारदर्शी र इमान्दार छबि भएका कमरेडहरु आउनुपर्छ । नेतृत्वको वरिपरी घुम्ने, चाकरी चाप्लुसी गर्ने र भजन किर्तनवादलाई पार्टी काम ठान्ने प्रवृति परास्त हुनु पर्छ ।

यसो भएन भने सिंगो पार्टीको छवि बिग्रन्छ । केन्द्रीय कमिटीको चयन गर्दा प्रतिनीधि साथीहरुले यस्ता बिषयहरुमा पर्याप्त ध्यान पुर्याउनु हुन्छ भन्नेमा म पूर्ण बिश्वास गर्छु ।  यस पटकको केन्द्रीय कमिटीमा ठुलै संख्यामा युवा साथीहरु पनि आउनु हुन्छ । त्यसले पनि एमालेलाई थप उर्जाशील बनाउने कुरामा ढुक्क छौँ । नेतृत्व परिवर्तनको मुद्दा बढिरहेको सन्दर्भमा यसलाई मान्ने प्रतिनिधिको संख्या धेरै आएको हाम्रो बुझाई पनि छ ।  त्यसकारण परिर्वतन पक्षधर युवा पुस्ता र पुरानो पुस्ताको मिश्रणमा अवको एमाले बन्ने छ ।

जेनजी आन्दोलन पछि पार्टीले सैद्धान्तिक निष्कर्षहरूबारे केही गर्नु पर्छ कि पर्दैन ?

जेनजी आन्दोलनको एउटा प्रमुख पक्ष भनेको राष्ट्रका सबै पक्षमा सकारात्मक परिवर्तन हो । नवीनता हो । आर्थिक सम्बृद्धि हो । सुशासन र न्यायपूर्ण समाजको स्थापना हो ।  हामीले अवलम्वन गरेका सिद्धान्तलाई इमान्दारीसाथ व्यवहारमा रुपान्तरण गर्ने हो । यी सबै काम गर्न सकिन्छ । मेरो बिचारमा जनताको बहुदलीय जनवादलाई राम्रोसँग बुझ्न र त्यसलाई प्रयोग गर्न जरुरी छ । जबज हरेक राजनीतिक समस्याको समाधान पनि हो ।

जबजको आलोकमा अघि बढे मात्र हामी धेरै कुरामा सही हुन सक्छौँ । जबजको सेरोफेरोमा नयाँ पुस्ताको असन्तोषलाई समाधान गर्ने थिति र बिधि वनाउने हो भने कुनै समस्या हुँदैन । यसको सेरोफेरोमा बहश केन्द्रीत हुन आवश्यक छ ।

तपाई आफ्न बारेमा चाहि केही सोच्नु भएको छ ?

म पार्टीमा लामै समय योगदान गरेको व्यक्ति हो ।  तीन पटक केन्द्रीय कमिटी र तीनै पटक पोलिटब्युरो सदस्य भएर काम गरेको छु । अब फेरि म यिनै जिम्मेवारीमा रहनु उपयुक्त हुँदैन । नयाँ  युवा साथीहरुलाई स्थान दिनुपर्छ । हामी नेतृत्व परिवर्तनको मुद्दा लिएर आएका कारण पनि एउटै पदमा पटक पटक रहनु हुँदैन भन्ने मान्यता राख्ने मानिस हुँ । यसपटक उपाध्यक्ष पदको उम्मेदवार बन्दैछु ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More