― Advertisement ―

युक्रेनको सानो 25g ड्रोन एन्टेनाले रणभूमि प्रणालीहरूलाई धेरै रेडियो फ्रिक्वेन्सीहरूमा आश्चर्यजनक संचार बढावा दिन सक्छ।

नयाँ कम्प्लेक्सको लागि हामी पर्याप्त छौँ। प्लेटफार्महरूBlueBird Tech CLOVER ले ड्रोन, निगरानी उपकरण, र ग्राउन्ड रोबोटहरू सेवा गर्न सक्छएन्टेनाले आधुनिक FPV प्रणालीहरूद्वारा व्यापक रूपमा...
HomeLatest newsमहिला टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावतीको नगद पुरस्कार घोषणा

महिला टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावतीको नगद पुरस्कार घोषणा


राष्ट्रिय

समाचार.

  • अमरावती बुटिक होटलले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
  • सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
  • प्रबन्ध निर्देशक कुशल श्रेष्ठले महिला क्रिकेटलाई प्रोत्साहन गर्न निजी क्षेत्रबाट योगदान आवश्यक रहेको र पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढ्ने बताए।

२८ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले घोषणाको जानकारी गराएका छन्।

घोषणाअनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरेको श्रेष्ठले बताएका छन्। उनले महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको बताएका छन्।

उनले महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। ‘महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो’ श्रेष्ठले बताए।

यस किसिमको पुरस्कार घोषणाले महिला क्रिकेटमा सकारात्मक सन्देश जानेछ र भविष्यमा अन्य व्यवसायिक तथा सामाजिक संस्थाहरू पनि खेल क्षेत्रको समर्थनमा अघि बढ्ने अपेक्षा उनले गरेका छन्।

आईसीसी महिला टL-२० विश्वकप ग्लोबल छनोट माघ ४ गते देखि १८ गतेसम्म हुनेछ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More