― Advertisement ―

माइक्रोसफ्टका सीईओ सत्य नडेलाद्वारा दिनको उद्धरण: ‘हाम्रो उद्योगले परम्परालाई सम्मान गर्दैन – यसले नवाचारलाई मात्र सम्मान गर्छ’ – एक संचार मुद्राङ्कन प्राधिकरण

प्राविधिक कम्पनीहरू, सिलिकन भ्यालीका र सेटभन्दा बाहिरका अन्यहरू जस्तै Microsoft मार्फत विभिन्न वर्ष गरिँदै आएको छ। IBM र Toshiba जस्ता धेरै पुराना टेक दिग्गजहरूले...
HomeLatest newsट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’



२८ पुस, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।

अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका पुर्‍याएको थियो ।

अहिले मादुरो विरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाइँदै छ। अहिले भेनेजुएलाको उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More