― Advertisement ―

HomeLatest newsआर्सनल एफए कपको चौथो चरणमा, युनाइटेड बाहिरियो – KhabarHost

आर्सनल एफए कपको चौथो चरणमा, युनाइटेड बाहिरियो – KhabarHost


राष्ट्रिय

समाचार.

  • आर्सनलले इंग्लिस एफए कप फुटबलको तेस्रो चरणमा पोर्ट्समाउथलाई ४-१ गोलअन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ।
  • गाब्रियल मार्टिनेलीले २५औं, ५१औं र ७२औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरेका थिए।
  • म्यान्चेस्टर युनाइटेड तेस्रो चरणमा ब्राइटनसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

२८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोली आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको तेस्रो चरणको खेलमा आर्सनलले पोर्ट्समाउथलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले ह्‍याट्रिक गरे भने एक गोल उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा पोर्ट्समाउथले कोल्बी बिशोपले गोल गर्दै अग्रता दिलाएका थिए । आठौं मिनेटमा आन्द्रे डजेलबाट आत्मघाती गोल भएपछि खेल बराबरीमा आयो ।

मार्टिनेलीले २५औं, ५१औं र ७२औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे भने आर्सनल ४-१ ले विजयी भयो ।

प्रिमियर लिगकै अर्को टोली म्यान्चेस्टर युनाइटेड भने तेस्रो चरणबाटै बाहिरिएको छ । युनाइटेड ब्राइटनसँग २-१ ले पराजित हुँदे बाहिरियो ।

ब्राइटनको जितमा ब्राजन ग्रुडा र डानी वेलबेकले एक-एक गोल गरे । युनाइटेडका बेन्जामिन सेस्कोले गोल फर्काएपनि पर्याप्त हुन सकेन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More