― Advertisement ―

HomeLatest newsबालिका बलात्कार आरोपमा जनकपुरधामका मेयर प्रत्यासी साह पक्राउ

बालिका बलात्कार आरोपमा जनकपुरधामका मेयर प्रत्यासी साह पक्राउ


राष्ट्रिय

समाचार.

  • जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साहलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरिएको छ।
  • बलात्कार आरोपमा साहसहित चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दुईसाता अघि जाहेरी दर्ता भएको थियो र थप दुईजनाको खोजतलास भइरहेको छ।
  • साह नेकपा एमालेबाट गत २०७९ को चुनावमा मेयरका उम्मेदवार थिए र जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।

२३ मंसिर, जनकपुरधाम । बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी हिरा भनिने शिवशंकर साह पक्राउ परेका छन् ।

एक १४ वर्षीया बालिकालाई होटेलमा जबरजस्ती करणी गरेको आरोपमा साहलगायत चारजनाविरुद्ध दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी गणेश बमले जानकारी दिए । बलात्कार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए ।

यसअघि सोही मुद्दामा हिराको नातमा दाई पर्ने मनोज महतोलाई प्रहरीले पक्राउ गरेको थियो । थप दुईजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साह गत २०७९ को चुनावमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार थिए । उनी निकटतम प्रतिद्वन्दी भएका थिए ।

आगामी चुनावमा उनी मेयर जित्ने प्रवल सम्भावना रहेको अड्कल भइरहेको बेला उनी बलात्कार अभियोगमा मुछिएका छन् । साह जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More