― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsनेपालगन्जमा कन्सर्ट गर्दै ‘कुमारी’ ले थाल्यो देशब्यापी प्रवर्द्धन टूर

नेपालगन्जमा कन्सर्ट गर्दै ‘कुमारी’ ले थाल्यो देशब्यापी प्रवर्द्धन टूर


राष्ट्रिय

समाचार.

  • फिल्म ‘कुमारी’ ले नेपालगञ्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विद् केहर एन्ड द लुङा’ आयोजना गरी देशब्यापी प्रवर्द्धन अभियान सुरु गरेको छ।
  • कन्सर्टमा गायक केहरसिंह लिम्बु र कलाकारहरूले फिल्मका हिट गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका छन्।
  • ‘कुमारी’ को टूर पोखरा, चितवन, काठमाडौं र दमकमा हुँदै २३ माघमा प्रदर्शन तयारीमा छ।

नेपालगन्ज । फिल्म ‘कुमारी’ ले नेपालगञ्जमा कन्सर्टमा गर्दै देशब्यापी प्रवर्द्धन अभियान थालेको छ । सोमबार बेलुका त्यहाँ ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विद् केहर एन्ड द लुङा’ आयोजना भयो ।

कन्सर्टमा गायक केहरसिंह लिम्बु र उनको सांगीतिक समूहले दर्शकलाई नचाए । कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी, निर्देशक दिनेश राउतले पनि दर्शकलाई सांगीतिक मोहलमा झुमाए ।

दर्शकको बाक्लो भीडले फिल्मका हिट गीतमा मनोरञ्जन लिए । गायक लिम्बु र उनको ब्याण्डले फिल्ममा समावेश गीत डोको बुन्ने निगाली चोयाले’, कता छौ मेरो फूल र तिमी बिना’सहित आफ्ना हिट गीत ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे ।

बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकारद्वय अभिषेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकले पनि नाचेर साथ दिए । निर्देशक राउतले आफूले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ‘कुमारी’ लाई उत्कृष्ट फिल्म बनाउने कोसिस गरेको बताए ।

नेपालगन्जबाट सुरु टूर अन्य थलोमा पनि हुनेछ । ३ माघमा पोखरा, ६ मा चितवन, १० मा काठमाडौं र १७ मा दमकमा कन्सर्ट आयोजना हुनेछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा फिल्मको ट्रेलर समेत सार्वजनिक गरिने गर्ने तयारी छ ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माताको रूपमा केदार भुसाल छन् । विकास सुवेदीको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

‘कुमारी’ २३ माघमा प्रदर्शन तयारीमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More