― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsचन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार

चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार


राष्ट्रिय

समाचार.

  • नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।
  • चन्द्रले ५४ केजी तौल समूहमा इरानी खेलाडी मेहदी काजेमीलाई ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।
  • सेमिफाइनलमा चन्द्रले काजकिस्तानका साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन् र फाइनल पुगेमा १ लाख ५० हजार डलर पुरस्कार पाउनेछन् ।

२४ मंसिर, काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै इतिहास रचेका छन् ।

युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने ७५ हजार अमेरिकी डलर पनि पाउने पक्का भएको छ ।

नेपाल पुलिस क्लबका चन्द्रले बुधबार ५४ केजी तौल समूह (बान्टमवेइट)मा इरानी खेलाडी मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका खेलाडीले जित्न लागेको यो पहिलो पदक समेत हो ।

चन्द्रको यो ऐतिहासिक उपलब्धीका कारण नेपाली बक्सिङ फेरि एक पटक अन्तर्राष्ट्रिय बक्सिङमा चर्चा आएको छ ।

चन्द्रले पहिलो खेलमा इन्डोनेसियाका खेलाडी योसुअ होली मासिहोरलाई पराजित गरेका थिए । यस्तै क्वाटरफाइनलमा उनले अर्मेनियाका खेलाडी डाभिट योगोर्‍यानलाई हराएका थिए ।

चन्द्रले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा काजकिस्तानका खेलाडी साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल जितेर फाइनल पुगेमा नगद पुरस्कार राशीमा दोब्बर (१ लाख ५० हजार डलर) पाउनेछन् ।

यस पटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नेले नगद ३ लाख डलर, रजत जित्नेले १ लाख ५० हजार डलर र कांस्य जित्नेका लागि ७५ हजार डलर दिने प्रावधान छ ।

यस्तै पाँचौ स्थानमा हात पार्ने बक्सरले समेत नगद १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

इन्टरनेशनल बक्ङ एसोसिएन (आईबीए) का अनुसार स्वर्ण जित्नेले नगद ३ लाख डलर प्राप्त गर्दा ५० प्रतिशत सिधै खेलाडीको लागि छुट्याइने र २५ प्रतिशत खेलाडीको ट्रेनर अनी २५ प्रतिशत राष्ट्रिय डेलेगेसनलाई छुट्याइनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ८.३२ मिलियन अमेरिकी डलर रहेको छ ।

नेपालका अर्का खेलाडी लाल बहादुर उप्रेती भने क्वाटरफाइनलमा पराजित भएका छन् । उनी ४८ केजी तौल समूहमा काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५-० ले पराजित भएपनि सेमिफाइनल पुग्न असफल भए । क्वाटरफाइनलमा पराजित भएपनि लालप्रसादले नगद १० हजार डलर पुरस्कार पक्का गरेका छन् ।

यसपटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट चन्द्र र लाल प्रसादसहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More